शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

काम गर्न नपाएपछि ताजा जनादेशका लागि संसद भंग : प्रम

काम गर्न नपाएपछि ताजा जनादेशका लागि संसद भंग : प्रम


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

काठमाडौँ, ६ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप लगाए ।
नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->