शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संवैधानिक इजलास गठनप्रति कानुनव्यवसायीले उठाए प्रश्न

संवैधानिक इजलास गठनप्रति कानुनव्यवसायीले उठाए प्रश्न


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७७, शुक्रबार
?????????????????????????????????????????????????????????

काठमाडौं, १० पुस – प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथिको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमाथि अधिवक्ताहरुले प्रश्न उठाएका छन् । इजलास सुरु हुनासाथ कानुन व्यवसायीहरुले प्रश्न उठाएका हुने । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने संवैधानिक इजलासमाथि शंका नगर्न अधिवक्ताहरुसँग आग्रह गरे । अधिवक्ता गोविन्द बन्दी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाए ।
केहीबेर प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच सवालजवाफसमेत भएको थियो । प्रधानन्यायाधीश जबराले प्रतिउत्तरमा भने, ‘हामी सबैले छोडिदिए कसले हेर्छ तपाईंको मुद्दा ? तपाई यस्तो भन्न पाउनुहुन्न ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जनभन्दा बढी निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->