बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिखका वडाध्यक्ष तिलिजाको निधन

शिखका वडाध्यक्ष तिलिजाको निधन


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

म्याग्दी, १८ पुस– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ शिखका वडाध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । पक्षघातबाट थलिएका तिलिजाको शुक्रबार साँझ ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडाध्यक्ष राजेश तिलिजा पुनले बताए । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित निवासमा तिलिजाको निधन भएको हो । उनको शनिबार पोखरामै अन्त्येष्टि गरिने भएको छ । गत साउनमा एक्कासि बिरामी भएपछि उनलाई हेलिकप्टरबाट पोखरा लगिएको थियो ।

तिलिजाले पोखर स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए । तिलिजाका श्रीमती, दुई छोरी र दुई छोरा छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तिलिजा किन्दु आधारभूत विद्यालयको पूर्वप्रधानाध्यापकसमेत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->