बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दुर्घटना न्युनिकरण गर्न सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’

दुर्घटना न्युनिकरण गर्न सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’


  • ढोरपाटन सम्वाददाता
  • पुष १९ २०७७, आइतबार

पोखरा, १९ पुष–गण्डकी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणमा प्रभावकारीता बढ्ने लक्ष्यका साथ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’ को शुरुवात गरेको छ । प्रदेशका ११ जिल्लामा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने भन्दै तनँहुबाट कार्यक्रमको सुरुवात गरेको हो ।
तनँहु,ब्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरीबहादुर चुमानले सडक दुर्घटनाको लागी कार्यक्रम बहुउपयोगी रहेको बताए । सडक दुर्घटना न्युनिकरण र सवारी व्यवस्थापनमा प्रदेश सरकार हातेमालो गर्न तयार रहेको उनले बताए ।
कार्यक्रमको बारेमा जानकारी दिदैँ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरीउपरिक्षक प्रभुप्रसाद ढकालले सुधारका कार्यक्रमहरु निरन्तर रुपमा हुदाँ ट्राफिक ब्यबस्थापनले शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने बताए । २ पाङ्ग्रे सवारी चलाउदा समस्या धेरै आउने हुदाँ समस्याको समाधानमा कार्यक्रम प्रभावकारी हुने उनको विश्वास रहेको छ ।
कार्यक्रममा ब्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, तनहुँ उधोग बाणीज्य सँघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले आफ्नो भनाइ राखेका थिए ।
२ पाङ्ग्रे सवारी चलकलाई सडकमै प्रशिक्षण कार्यक्रम, चालक सहचालकहरुलाई प्रशिक्षण कार्यक्रम र सरोकारवाला निकायहरु सँग अन्तर्कृया तथा छलफल कार्यक्रम गण्डकी प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुमा पनि संचालन गरिने प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->