बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अर्को दुलर्भ किर्तिमानीको तयारीमा निर्मल पुर्जा

अर्को दुलर्भ किर्तिमानीको तयारीमा निर्मल पुर्जा

जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको शिखर चुम्दै ।


  • हरिकृष्ण गौतम
  • पुष २१ २०७७, मंगलबार

बेनी, २१ पुस– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पुर्जाले फेरि अर्को किर्तिमानी बनाउने तयारीमा जुटेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका पूर्जाले यतिबेला संसारकै दोस्रो अग्लो हिमाल ‘के–टु’लाई जाडोयाममा चढ्ने पहिलो आरोहीको रुपमा रेकर्ड बनाउने प्रयासमा जुटेका छन् । पाकिस्तान र चीनको सीमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालको शिखरमा यसैसाता आरोहण गर्ने पुर्जाको योजना रहेको उनका दाजु कमलबहादुर पुर्जाले बताए ।
‘हिमाल उसको साथीजस्तै भइसक्यो,‘हरेक आरोहण अगाडी उसले धेरै मेहनत गर्छ’ पुर्जाले भने । उनले भाई निर्मल आरोहणको क्षेत्रमा विश्वमा आफ्नो किर्तिमानी तोड्न नसक्ने गरी नयाँ र सबैले आश्चर्य मान्ने आरोहणमा रमाउने गरेको बताए । जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको वायू गतिजस्ता प्रतिकुल अवस्थामासमेत आरोहण रच्ने प्रयासले विश्वभरका पर्वतारोहीको नजर पुर्जातर्फ सोझिएको छ । विश्वकै अग्लो सगरमाथा हिमालपछि के–टु’ आरोहणका लागि निकै चुनौतीपूर्ण मानिने हिमाल हो ।
गतवर्ष विश्वभर रहेका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालको आरोहणका क्रममा समेत पूर्जाले के–टु हिमालको आरोहण गरेका थिए । हिमाल आरोहणका क्रममा फसेका आरोहीलाई उद्धार गरेरसमेत पुर्जाले चर्चा कमाएका थिए । विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा समेत चर्चा गर्ने गरेका छन् । बेलायती पत्रिका डेली मेलका अनुसार हालसम्म ३ सय ६७ जनाले सफल आरोहण गरेको के–टु मा जाडो सिजनमा कसैले पनि आरोहण गर्न सकेका छैनन्। अनुकुल मौसममै आरोहण गर्न गएकामध्ये ८७ जनाले ज्यान गुमाइसकेका छन् । विन्टर सिजन’ मा साना हिमाल आरोहणमा समेत हिमपात र बाटो बनाउन नसक्दा साना हिमाल आरोहणमा समेत सकस हुने गरेको छ ।
गतवर्षको बैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पुर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीसमेत हुन् । उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । पुर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।,
सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।
अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पुर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । पूर्जालाई गतबर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा किर्तिमय राष्ट्रदीप पदकबाट विभुषितको घोषणा समेत गरेकी थिइन् । उनले दुलर्भ आरोहणसँगै आफ्नो आत्मकथा ‘वियोण्ड पोसिबल’ समेत सार्वजनिक गरिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->