बागलुङ, २२ पुस– कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्वम युटुबमार्फत सार्वजनिक भएको छ ।
‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थे, विभिन्न समस्याको कारण गित रेकर्ड गर्न सकेको थिइन्, लामो संघर्ष पछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । आफ्नै लय, शब्द र संगीतमा गीत तयार पारेको उनले बताए ।
केही समय बिदेशमा रहदा जन्मभुमीको मायामा डुबेर गित तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए । गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए । गलकोट नगरपालिका ९ बास्खोलामा जन्मिएका गुरुङले गीतसंगीतमार्फत जन्मभुमीलाइ देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।
आर्थिक अभावको कारण बिदेशीनु पर्दा लोकदोहोरी को यात्रालाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा निरन्तर लाग्ने उनले बताए । उक्त गितको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र बिपिन मल्लको अभिनय रहेको छ ।
राजन केसि ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसिले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंह मार्फत सार्वजनिक भएको छ ।
भिडियो…





