बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आपसमा समन्वय गर्न पाँच जिल्लाका प्रजिअ सहमत

आपसमा समन्वय गर्न पाँच जिल्लाका प्रजिअ सहमत


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७७, बिहिबार

बेनी, २३ पुस– आफ्नो क्षेत्रमा हुने अपराध नियन्त्रण लगायतका विषयमा एक आपसमा प्रभावकारी समन्वय गर्ने पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सबै सुरक्षा निकायका प्रमुखहरुको भेलाले निष्कर्ष निकालेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी, पर्वत र गुल्मीका प्रजिअ सहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षा लाई प्रभावकारी बनाउन सीमा जोडिएका जिल्लाका गतिविधिमा समेत सहकार्य गर्न सहमत भएका छन् । लागु औषध नियन्त्रण,अबैध हातहतियार, विपद् ब्यवस्थापन, खोज तथा उद्धार, विकास निर्माणका आयोजनाको नियमित अनुगमन, नयाँ प्रजातिको कोभिड नियन्त्रण, प्राकृति तथा वातावरण संरक्षण,स्थानीय तहसँग प्रभावकारी समन्वय, यातायातका साधनहरुको चेकजाँच र सडक अनुशासन कायम गर्ने, आपतकालिन रणनीति अपनाउने, सामाजिक अपराध नियन्त्रण लगायका विषयमा निर्णय भएको म्याग्दीका प्रजिअ उमकान्त अधिकारीले बताए।
‘बैठक निकै उपलब्धीमुलक भयो,‘सिमाना जोडिएका जिल्लाबाट हुने अबैध र कानुन विपरितका गतिविधिलाई निस्तेज पार्न नियमित भेटघाट हुन्छ’ प्रजिअ अधिकारीले भने। उनले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउने र अलपत्र विकास निर्माणका कार्यलाई समेत तिब्रता दिन आवश्यक सहयोग आदानप्रदान गरिनेछ। बैठकमा पाँचवटै जिल्लाका सुरक्षा अंगका प्रमुखले आ–आफ्नो जिल्लाको शान्तिसुरक्षाको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए। बैठकमा बागलुङ प्रजिअ सुरेश न्यौपाने, पर्वत सम्भुप्रसाद रेग्मी, मुस्ताङ हिरादेवी पौडेल र गुल्मी रुद्रादेवी शर्मा सहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्थित प्रमुखहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->