बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नारायणस्थान र कुश्मीशेरा हात्तिपाईले परीक्षण गरिने

नारायणस्थान र कुश्मीशेरा हात्तिपाईले परीक्षण गरिने


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, २४ पुस– बागलुङको नारायणस्थान र कुश्मीसेरामा हात्तिपाइले रोग परीक्षण अभियान चलाइने भएको छ । पटक पटक औषधि खुवाएर पनि रोग निको नभएपछि त्यहाँका बासिन्दाको रगत समेत परीक्षण गरेर फेरी औषधि खुवाउने कार्यक्रम बनाएको किटजन्य रोग अनुसन्धानतथा तालिम केन्द्र हेटौडाका सुपरभाइजर सरोज अधिकारीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा तालिम केन्द्रले आयोजना गरेको एक छलफलमा अधिकारीले बागलुङ तीन पटक सम्मको परीक्षणमा फेल भएको बताए । ‘हामीले पटक पटक परीक्षण गर्दा हात्तिपाइले रोग बिरुद्धको अभियानमा बागलुङ फेल भएको छ’ उनले भने, ‘रोगको संक्रमितहरु घट्नुको साटो बढीरहेका छन् ।’ बढ्दो दर भएकोले फेरी औषधी खुवाउनुपर्ने आवस्यकता उनले औल्याए ।
बागलुङमा दशपटक सम्म औषधी खुवाएर पनि हात्तिपाइले रोग निको नभएको हो । बिशेषगरी बानपा १४ को नारायणस्थानमा हात्तिपाइलेका रोगीहरु भेटिएका हुन् । नारायणस्थान सँगै अन्यत्र पनि छिटफुट भेटिने गरेकोले यो बर्ष नारायणस्थान र कुश्मीसेराका तीनतीनसय जनामा रगत परीक्षण गरिने भएको हो । यो अभियानकालागि स्वास्थ्य कार्यालय तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरुको परिचालनबाट लक्षित समूहमा पुगिने बताइएको छ । यो अभियानलाई सफल पार्न सकेमा मात्रै बागलुङमा हात्तिपाइलेको औषधि खुवाउने अभियान रोकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->