तनहुँ, २६ पुस– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरको शासनमा कुनै अन्तर नभएको बताएका छन् । विधीको शासन गर्न छाडेर प्रधानमन्त्रीले चटक देखाएको उनले जिकिर गरे । उनले अगाडी भने– ‘मोहन शमशेर पनि कौशीमा बसेर आई त मुखिया, त खरदार, ओई त नासु भन्दिन्थे । आज केपी जी पनि त्यसै भनिरहनुभाको छ । भटाभट नियुक्ती गरिरहनुभएको छ ।’ नागरिकता नभएकै मान्छेलाई संवैधानिक आयोगको अध्यक्ष बनाएको नेतापौडेलको आरोप छ ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (क)द्धारा खैरेनीटारमा आयोजित बिरोध सभामा बोल्दै उनले नेपालको संघियता गतिशिल ढंगले अगाडी बढ्न नसक्नुको पकारण केपी ओली र नेकपा भएको आरोप लगाए । संविधानको बदनाम गर्ने र संविधानमाथी गलतढंगले टिका टिप्पणीगर्ने ठाउँ प्रधानमन्त्रीले बनाएको नेता पौडेलको भनाई छ ।





