बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नर्जा र बोङ्खानीमा टेलिकमको सेवा विस्तार

नर्जा र बोङ्खानीमा टेलिकमको सेवा विस्तार


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

बागलुङ, २६ पुस –सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ ।
शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा सहज थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरको पहुँच पुग्दैनथ्यो ।
मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । अब भने नर्जाका २५० र बोङ्खानीका ३५० घरधुरीमा मोबाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । नर्जासँगै छिमेकी गाउँ पात्ले, भित्रीवन र बोङ्खानी आसपासका पुस्डाँडा, लसुने, हिजा, लामाचौरलगायतका बस्ती सेवाबाट लाभान्वित भएका छन् ।
स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->