बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुविधा नपाएको भन्दै धौलागिरी अस्पतालका चिकित्सक अन्दोलित

सुविधा नपाएको भन्दै धौलागिरी अस्पतालका चिकित्सक अन्दोलित


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

बागलुङ, २८ पुस– बिना सुविधा २४ घण्टा काममा खटाएको भन्दै धौलागिरी अस्पताल बागलुङका चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सकहरुका लागि सरकारले तोकेको मापदण्डभन्दा धेरै समय काम लगाएको तर सेवा सुविधामा बेवास्ता गरेको उनीहरुको आरोप छ । चिकित्सकहरुले मंगलबार अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागहरुको सुनुवाईका लागि दवाव दिएका छन् । उनीहरुले सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने माग राखेका छन् ।
‘हामिलाई तोकिएको काम गर्छौं तर यहाँ २४ घण्टा काम गर्नु पर्छ, आराम गर्ने समय समेत चिकित्सकहरुले पाउँदैनन्’ अस्पतालको नाक कान घाँटिरोग बिभागमा कार्यरत डाक्टर गणेश चालिसेले भने ‘हामि यसरी काम गर्न सक्दैनौं, वैकल्पिक व्यवस्था गरियोस भन्ने हो ।’
एउटा बिभागमा एक जना मात्रै चिकित्सकहुँदा अन्तरंग र बहिरंग दुवै सेवामा खट्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो । उनिहरुले चिकित्सकका मागको सुनुवाईका लागि भन्दै एक दिने अस्पताल प्रसासन धर्ना कार्यक्रम गरेका हुन् ।
चिकित्सकहरु आन्दोलित भएपछि बिरामी भने मर्कामा परेका छन् । अस्पताल व्यवस्थापनले चिकित्सकहरुका मागहरु सम्बोधनकै चरणमा रहेका बेला उनीहरु आन्दोलनमा उत्रिएको जनाएको छ । ‘हामिले चिकित्सकहरुलाई अतिरिक्त सुविधा दिने भनेका छौं, स्थानीय तहहरुसँगको सहकार्यमा काम भैरहेको छ’ व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले भने ‘उहाँहरुको समस्या समाधान हुन्छ, बिरामी जाँच्दीन भन्न पाउनुहुन्न ।’
सरकारले दिएको सुविधाका अतिरिक्त अस्पताल व्यवस्थापनले सुविधा दिएर काममा लगाएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->