तनहुँ, २९ पुस–तनहुँमा एक जना प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेकी छन् । प्रहरी नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने इलाका प्रहरी कार्यालय बेलचौताराकी प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्रेको हो ।
महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत उनलाई १० हजार रुपैयाँ सहित रंगेहात नियन्त्रणमा लिएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जनाए ।
अघिल्लो सातामात्रै तनहुँको दमौलीबाट राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का सबर्ईञ्जियर सुरेन्द्र अधिकारी १ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो ।





