बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टिकटकको हिमचिमले चर्किंदै घरबार

टिकटकको हिमचिमले चर्किंदै घरबार


  • हरिकृष्ण गौतम
  • माघ १ २०७७, बिहिबार

बेनी, १ माघ– बेनीबजारकी एक विवाहित युवतीको छोटो अवधिको भिडिओ शेयर गर्न मिल्ने लोकप्रिय मोबाइल एप टिकटकबाट अपरिचित युवासँग हिमचिम बढ्यो । फुर्सदिली उनी विदेशमा रहेका युवासँग टिकटकसँगैसामाजिक सञ्जालमा पनि सक्रिय थिइन् । टिकटक सञ्जालमा जोडिएका साथीको माध्यमबाट उनीलाई नयाँ व्यक्तिले साथी बन्न प्रस्ताव ग¥यो । उनले साथी बन्न आएको प्रस्ताव स्वीकार गरिन् । त्यसपछि हल्काफुल्का कुराकानी हुन थाल्यो ।करिब पाँच महिनापछि उनीहरू अझ नजिक बने । आर्थिक कारोबार, पारिवारिक योजनासमेत बन्न थाल्यो । फेसबुकबाट सम्बन्ध सार्वजनिक हुने त्रासले टिकटकबाट जोडिएको हिमचिम मायाप्रेममा बदलियो । टिकटकबाटै भएको चिनजानले घुम्नका लागि काठमाडौंसम्म पुग्ने, बेनीसम्म भेट्न आउने, नियमित सपिङ गर्नेजस्ता गतिविधि समेत घरपरिवारका अन्य सदस्यले थाहा पाएनन् ।
टिकटकबाटै एकजनासँग मात्रै नभई तीनजना युवासँग सम्बन्ध जोडिएको भेटियो । एउटासँग सम्बन्ध टुटेपछि अर्कोसँग हिमचिम बढ्यो र भागेलगत्तै टिकटकमा समेत दुबैजनाको एउटा भिडियो शेयर भयो । करिब दश वर्षअघि मागी विवाह गरेको एक जोडीको सम्बन्ध टिकटकले भत्कियो । जीवनभर सुखदुःखमा साथ दिने वाचा गरेकी श्रीमतीले धोकादिँदा श्रीमानचाहिँ छाँगाबाट खसेझँै भएका छन् ।तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरे पनि असफल भएपछि अन्ततः जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकजस्तै टिकटकबाटसमेत साथी बनाउने र अनेक कहानी सुनाएर मन जित्न सिपालु यूवायूवती क्षणिक आत्मियतामा जोडिँदासुन्दर घरबार तहसनहस हुने गरेको छ ।
पछिल्लोसमय सामाजिक सञ्जालबाट पारिवारिक सम्बन्ध टुट्नेको संख्या संख्या बढिरहेको छ। लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालनमा छोरीले श्रीमानको मोवाइल प्रयोग गर्दा एक युवतीसँगको कुराकानीले एउटा परिवारको घटना समेत अदालतसम्म पुगेको छ । युवतीसँगको आपत्तिजनक कुराकानीले अन्ततः दुबैको बाटो अलग हुने अवस्थामा पुगेको छ । परिवारको शेखी झार्नकै लागि सामाजिक सञ्जालबाट जोडिएको सम्बन्धबाटै विवाह हुन थालेपछि आर्थिक हिनामिनाका घटना समेत ह्वात्तै बढेको छ । समाजमा पछिल्लो समय असरल्ल देखिएका घटना कतिपय मिडियामा आउँछन्, कति आउँदैनन् ।
म्याग्दीका नागरिक समाजका संयोजक एवम् अधिवक्ता सुर्दशनकुमार श्रेष्ठले कृत्रिम आत्मियता, झुटा कुरा र गलत नियतका कारण सामाजिक सञ्जालमा मौलाउने प्रेम बढी स्वार्थी भएको बताए।वैवाहिक जीवन बिग्रनुको मूल कारण वैदेशिक रोजगारी र ब्यस्तता नहुनु प्रमुख कारण देखिएको श्रेष्ठको भनाई छ । स्वदेशमै रहेको लोग्ने परिवारका लागि नियमित काममा जाने, श्रीमती खाली समय व्यतित गर्न सामाजिक सञ्जालमा बिताउने, अरुसँग हिमचिम बढाउने र कृत्रिम सम्बन्धलाई महत्व दिने र सम्बन्ध यौनसम्म पुग्ने देखिएकाले व्यस्त दैनिकी आवश्यक रहेको अधिकारकर्मीहरुको भनाई छ । जिल्ला अदालत म्याग्दीमा आर्थिक बर्ष ०७५÷०७६ मा ४८ सम्बन्ध विच्छेदका निवेदनमा २२ वटा फैसला भएको छ भने ०७६÷०७७ मा ५१ निवेदन दर्ता भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->