बागलुङ, ७ माघ – म्याग्दीको मंगला शिक्षा क्याम्पसले पत्रकारिताको क्षेत्रबाट क्याम्पसको शैक्षिक तथा भौतिक अभियानमा सहयोग पु¥याएको भन्दै ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज अनलाईनका बेनी (म्याग्दी) संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । गौतमलाई नगद १५ हजार र सम्मानपत्रले निर्वतमान संघीय सांसद भुपेन्द्र बहादुर थापा, जिसस प्रमुख देबेन्द्रबहादुर केसी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेलले सम्मान गरेका थिए ।
गौतमले कलमको माध्यमबाट जिल्लाका दुर्गम क्षेत्रमा शिक्षाबाट बन्चित भएका र उपचारमा आर्थिक समस्या भएका विरामीको उपचारमा खेलेको भूमिकाले पत्रकारिताको शीर उच्च बनाएको बक्ताले बताएका थिए भने पत्रकार गौतमले क्याम्पसको आर्थिक, भौतिक तथा शैक्षिक गतिविधिका बारेमा विगत ६ बर्षदेखि लगातार पु¥याएको योगदानको समेत सभामा चर्चा गरिएको थियो । पत्रकारिता विषयमा स्नातकोत्तर गरेका गौतमले सामाजिक क्षेत्रमा कमल चलाएवापत् यसअगाडी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । सम्मानित भएपछि पत्रकार गौतमले सम्मानले आफूलाई अझै जिम्मेवारी थपिएको महसुस गरेको बताए ।





