पोखरा ७ माघ–राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी गर्ने तुलसी थापालाई प्रहरीले पक्राउ गरेको छ । आफु मानव अधिकार आयोगको अध्यक्ष रहेको र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
मानवअधिकार आयोगको परिचयपत्र समेत देखाउँदै ठगी गर्ने संखुवासभा पाँचखपन गाउँपालिका ५ खमारे घर भई काठमाण्डौँ महानगरपालिका ७ मित्रपार्क, चावहिल बस्दै आएका ६० वर्षिय थापालाई दरबारमार्गबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ ।

उनले आफु अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै १५ लाख रुपैँया ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसरले थापाबाट अन्य व्यक्ति समेत ठगिएको हुनसक्ने भन्दै ठगिन पुगेको भए सम्पर्क राख्न आग्रह समेत गरेको छ ।





