बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुन : निर्माण

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुन : निर्माण


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७७, बिहिबार

म्याग्दी, ८ माघ– म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् ।
विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६ सय २ जनाले आवास पुनःनिर्माण गरेका हुन् ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालका अनुसार, ९ सय ८१ लाभग्राहीले ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका छन्भने १ सय ६५ जनाले दोस्रो किस्ता लगेका छन् । उहाँले सम्झौता गरेका ८३ जनाले अनुदान नलगेको बताउनुभयो ।
सम्झौता गरेर पहिलो किस्ता अनुदान नलैजाने र पुनःनिर्माण शुरु नगर्नेलाई लाभग्राहीको सूचीबाट हटाउने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कार्यालय प्रमुख ढकालले बताउनुभयो । दोस्रो किस्ताबापत डिपिसी गरेपछि १ लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत एक लाख अनुदान उपलब्ध गराउने कार्यविधि रहेको छ ।
प्राविधिक आउनुअघि बनेका १ सय ४२ वटा घरका धनीलाई गत वर्ष एकमुष्ट दुई लाख ५० हजारका दरले भुक्तानी गरिएको थियो । उनीहरुले यसअघि ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनःसर्वेक्षणबाट थपिएका १ सय ८० जनामध्ये १ सय ४० जनासँग सम्झौता भएको ढकालको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->