शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रचण्ड-माधवको ‘प्रेम’ सिनेमाको जस्तोः केपी शर्मा ओली

प्रचण्ड-माधवको ‘प्रेम’ सिनेमाको जस्तोः केपी शर्मा ओली

छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ?


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७७, बिहिबार

काठमाडौं, ८ माघ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी गरेका छन् । आफूपक्षीय पत्रकारको बिहीबार काठमाडौंको राष्ट्रियसभामा आयोजित भेलामा बोल्दै उनले भने, ‘कोही कोहीले तमासा गरिरहेका छन् । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ ।’ आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड-माधव नेपाललाई नपचेको पनि उनले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हिनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।
छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ?
ओलीले परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरे। ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’
ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे । प्रधानमन्त्रीले भने– उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->