मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कांग्रेसले ग¥यो सबै वडामा बिरोध प्रद्र्धशन

कांग्रेसले ग¥यो सबै वडामा बिरोध प्रद्र्धशन


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७७, बिहिबार

बागलुङ, ८ माघ– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहिबार बागलुङका सबै वडा तहमा बिरोध प्रद्र्धशन, प्रवचन र कोणसभाहरु आयोजना गरेको छ । प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भन्दै कांग्रेसले विभिन्न चरणका बिरोधका कार्यक्रमहरु गरिरहेको छ ।
बिहिबार बानपा २ स्थित कार्यालयमा जिल्लाका नेता तथा कार्यकर्ता भेला भएर बिरोध प्रद्र्धशन गरेका छन् । उनीहरुले लोकतान्त्रिक चोकमा बिरोध प्रद्र्धशनसहित कोणसभा पनि गरेका थिए । अन्य अधिकांस वडा तहमा पनि बिरोध कार्यक्रम गरेको हो ।
सबै वडाका लागि प्रतिनिधि पठाएर विरोधका कार्यक्रम गरेको सभापति दिपेन्द्रबहादुर थापाले बताए । जिल्ला कार्यसमितिका सदस्यहरु, केन्द्रीय सदस्य, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्यहरु र भातृ संगठनका पदाधिकारी समेतलाई वडा तहमा खटाएको थियो । ती सबै वडामा भेला भएका कार्यकर्ताले सरकारको कदमबिरुद्ध नाराबाजी गरेका थिए ।
‘अभियानलाई सफल पार्ने मात्र नभई असंवैधानिक कदमको खुलेर बिरोध गर्ने र कांग्रेसको धारणा सार्वजनिक गर्ने काम भयो’ नेविसंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले भने, ‘स्थायी सरकार र दिगो बिकासका लागि प्रतिपक्षसमेत चुप लागेर बसेको बेला देशलाई बर्बादीमा धकेल्नेबिरुद्ध आन्दोलित हुनुपरेको हो ।’ कांग्रेसले जिल्ला स्तरीय, निर्वाचन क्षेत्र स्तरीय, पालिका स्तरीय बिरोधका कार्यक्रमहरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->