बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरी अस्पतालमै हड्डीको सफल प्रत्यारोपण

धौलागिरी अस्पतालमै हड्डीको सफल प्रत्यारोपण


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७७, शुक्रबार

बागलुङ, ९ माघ– धौलागिरी अस्पालमा पहिलो पटक हाड्डीको सफल प्रत्यारोपण सम्पन्न भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो ।
बरेङ गाउँपालिका वडा नं. १ का ५६ बर्षिय मनबहादुर छन्त्यालको गेडि फेरेर धातुको राखिएको अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. नबिन पौडेलले बताए । घटना भएर उपचारमा आएका उनको अस्पताल भर्ना भएको तेस्रो दिनमै सफल अपरेशन सम्पन्न भएको हो ।
बीर अस्पतालमा काम गरेको अनुभव भएका डा. पौडेल नेतृत्वमा अन्य डाक्टर र नर्ससमेत मिलेर अपरेसन सफल बनाएको पौडेलले जानकारी दिए । ‘अस्पताल स्थापना भएपछि यति जटिल अपरेशन भएकै थिएन’ उनले भने, ‘पहिलो पटक हामीले सफलता पाएकोले धेरैले धन्यवाद पनि दिए ।’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले अस्पतालमा जटिल अपरेशन सफल बनाएर बिरामीको विश्वास जित्न सकिएको बताए ।
न्युन आर्थिक अबस्था भएकोले छन्त्याल पोखरा वा अन्य सहरी क्षेत्रमा जान सकेका थिएनन् । धौलागिरी अस्पतालमा आउने वित्तिकै उनलाई बागलुङमै उपचार संभव छ भनेर चिकित्सकले सल्लाह दिएपछि यही भर्ना भएर बसेका थिए । उनको सफल अपरेशन भएकोले तीनचार दिनमा हिड्न सक्ने समेत पौडेलले बताए । ‘पहिला बिस्तारै हिड्ने प्रयास गर्ने र त्यसपछि क्रमश हिड्न सक्नुहुन्छ’ पौडेलले भने, ‘कम खर्चमा जिल्लामै उपचार संभव गराउन सकिएकोमा सिंगो टिमपनि खुसी छौं ।’ यो अभियानमा डा. प्रतिक आचार्य, बिनित ढकाल र अर्का डा. नविन पौडेलनै सहभागि थिए । नर्स तर्फ देवी भट्टराई नेतृत्वमा ५ जना सहभागि थिए । अपरेशन सफल बन्नुमा कार्यालय सहयोगी समेतको सामुहिक प्रयास रहेको उनले बताए । पछिल्लो समय अस्पतालमा बिशेषज्ञ डाक्टर बस्न थालेपछि अपरेशन लगायतका सेवा प्रवाह भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->