शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा प्रचण्ड-माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

नेकपा प्रचण्ड-माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७७, शुक्रबार

काठमाडौं, ९ माघ – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->