पोखरा,९ माघ– छोरेपाटन उच्च मा.वि.का शिक्षक उपेन्द्र पोख्रेलले अनुतीर्ण विद्यार्थीलाई उतीर्ण गराउँन ट्युसनको नाममा रकम ठगेको भन्दै विद्याँर्थीहरुले कालोमोसो लगाइदिएका छन् ।
विद्यालयको आन्तरिक मुल्याङ परिक्षामा अनुतीर्ण विद्यार्थीलाई पुनः परीक्षा लिने र ग्रेड बढाएर पास गरिदिने त्यसको लागि एक हप्ताको ट्युसन लिनुपर्ने र पाँच हजारका दरले रकम दिनुपर्ने बताउँदै रकम लिएको भन्दै नेविसंघको नेतृत्वमा विद्यार्थीहरुले कालोमोसो लगाइदिएका हुन् ।
उनले पढाए बापत १ विद्यार्थीबाट ५–५ हजार रुपैयाँ लिएर ग्रेड बढाउने भन्दै पैसा लिएको खुल्न आएको छ ।‘मैले १० दिन पढेर पाँच हजार दिएको हुँ, पछि अरु साथीहरुलाई पनि भन्नुभनेर भन्नुभयो । मसंग चाहीँ लिनुभएको हो ।’ विद्यार्थी सौगात पौडेलले भने । शिक्षकले जुम मार्फत पढाएर रकम लिएका हुन् । पोख्रेल कक्षा ११ र १२ का गणित विषयका शिक्षक हुन् । शिक्षक पोख्रेलले भने सबै विद्यार्थीबाट रकम लिएको स्विकारेका छन् ।
क्याम्पस प्रशासन र व्यवस्थापन समिती बिच भएको छलफलले एक पक्षीय कुरा सुनेपनि रकम दिने विद्यार्थी र उनका अभिभावक सहित, रकम लिने शिक्षक, प्रशासन र व्यवस्थापन समिती बिच शनिवार दिउँसो छलफल हुने छोरेपाटन मा.वि.का सुचना अधिकारी खेमराज बरालले जानकारी दिए ।





