बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीहरुबाट रकम असुल्दै शिक्षकहरु !

विद्यार्थीहरुबाट रकम असुल्दै शिक्षकहरु !


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७७, शनिबार

पोखरा, १० माघ – केहि हप्ताअघि राष्ट्रिय उच्च मावि बगरमा शिक्षकले विद्यार्थीलाई होटलमा परीक्षा लिएको घटना सेलाउन नपाउँदै पोखरामा फेरि शिक्षकले परीक्षामा पास गराउनको लागि रकम लिएको घटना सार्वजानिक भएको छ । छोरेपाटन उच्च माविका शिक्षक उपेन्द्र पोखरेलले अनुत्तीर्ण विद्यार्थीलाई उतीर्ण गराउन ट्युसनको नाममा रकम ठगेको भन्दै विद्यार्थीहरुले कालोमोसो दलेका हुन ।
विद्यालयको आन्तरिक मूल्याङ्न परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई पुनः परीक्षा लिने र ग्रेड बढाएर पास गरिदिने त्यसको लागि एक हप्ताको ट्युसन लिनुपर्ने र पाँच हजारका दरले रकम दिनुपर्ने बताउँदै रकम लिएको भन्दै नेविसंघका नेतृत्वमा विद्यार्थीहरुले कालोमोसो लगाइदिएका हुन् ।
उनले पढाएवापत् १ विद्यार्थीबाट ५–५ हजार रुपैयाँ लिएर ग्रेड बढाउने भन्दै पैसा लिएको खुल्न आएको छ ।‘मैले १० दिन पढेर पाँच हजार दिएको हुँ, पछि अरु साथीहरुलाई पनि भन्नु भनेर भन्नुभयो । मसंग चाहीँ लिनुभएको हो’, विद्यार्थी सौगात पौडेलले भने । शिक्षकले जुममार्फत् पढाएर रकम लिएका हुन् । पोखरेल कक्षा ११ र १२ का गणित विषयका शिक्षक हुन् । शिक्षक पोखरेलले सबै विद्यार्थीबाट रकम लिएको स्वीकारेका छन् । रकम लिएपनि आफूले ट्युसन पढाएवापत सबै विद्यार्थीबाट गरी पाँच हजार लिएको बताए । शुक्रवार बिहान विद्यार्थीहरु, क्याम्पस प्रशासन र व्यवस्थापन समिति बसी गरेको छलफलमा उनले प्रति विद्यार्थी एक हजारका दरले लिएको स्वीकारेका थिए । तर त्यही उनलाई रकम दिने विद्यार्थी पौडेलले आफुले पाँच हजार दिएको होइन ? भनी प्रश्न गर्दा उनले लिएको स्वीकारेपनि सबैको एकैपटक लिएको अभिव्यक्ति दिएका थिए । सोही क्रममा विद्यालयले कुनै कार्वाही नगर्दा विद्यार्थीले कालोमोसो लगाइदिएका हुन् ।
खेमराज बराल क्याम्पस प्रशासन र व्यवस्थापन समितिबीच भएको छलफलले एक पक्षीय कुरा सुनेपनि रकम दिने विद्यार्थी र उनका अभिभावकसहित, रकम लिने शिक्षक, प्रशासन र व्यवस्थापन समिति बिच शनिवार (आज) दिउँसो छलफल हुने छोरेपाटन माविका सूचना अधिकारी खेमराज बरालले जानकारी दिए । ‘हामीले सत्यतथ्य बुझ्न नै पाएनौँ, अचानक विद्यार्थीहरु आउनुभयो र हुहल्ला भयो । हामीले यस्को सत्यतथ्य केहो भनि छानविन गर्न सबै पक्षलाई डाकेका छौँ, यस्को वास्तबिकता के हो भोलि थाहा हुन्छ’, बरालले भने । शिक्षकलेप्रति विद्यार्थी एक हजार रुपैँया लिएको अडान लिएको र विद्यार्थीमध्ये एक जनाको मात्र प्रतिनिधित्व रहेको र उनले पाँच हजार दिएको बताएको कारण रकम दिने सबै विद्यार्थीको अभिभावकलाई समेत बोलाएर निचोड निकाल्ने जानकारी दिए । बरालका अनुसार सत्य तथ्य बाहिर आएपश्चात को दोषी भन्ने एकिन हुने र सोही अनुसार कार्वाहीको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->