बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शालिकग्राम करिडोरमा दुई पुल शिलन्यास

शालिकग्राम करिडोरमा दुई पुल शिलन्यास


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७७, शनिबार

तनहुँ, १० माघ–तनहुँको देवघाटदेखी मुस्ताङको मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दुरीको सडक हो शालिकग्राम करिडोर लोकमार्ग । बर्षौ अगाडीदेखी यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । संघियता आएपछि प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडी बढाईएको छ ।
यो बर्ष शालिकग्राम करिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी–घिरिङ–देवघाट खण्डको २१.५ किलोमिटर सडक स्तरोन्नतीको काम दुई महिना अगाडी नै सुरु भईसेकेको हो । घिरिङ–१ स्थित द्वपदी खोलामा पक्की पुल निर्माण समेत थालिएको छ ।
शुक्रबार एक साथ शालिकग्राम करिडोर लोकमार्गमा पर्ने दुई खोलामा पक्की पुल शिलन्यास गरि निर्माण सुरु गरिएको छ । ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वाला खोलामा र ऋषिङ–५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दी खोलामा बन्ने पक्की मोटरेबल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलन्यास गरे ।
शालिकग्राम करिडोर आसपासका स्थानियको जिवनस्तर उकास्न महत्वपुर्ण रहेको बताए । ’प्रदेश सरकारले पनि यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ’, उनले भने ।
पुल निर्माणको काम दु्रत गतिमा अगाडी बढाएर सम्झौता मितीभित्रै सम्पन्न गर्न मन्त्री गुरुङको निर्देशन छ । ‘समयमै काम सम्पन्न भएमा भुक्तानीका लागी प्रदेश सरकार तत्पर छ । काममा ढिलाई भयो भने बजेट व्यवस्थापनमा समस्या हुन्छ’, उनले भने । बिकास निर्माणमा राजनितीक आग्रह पुर्वाग्रह राख्न नहुने उनको भनाई छ ।
संघियताकौ कारण विकास निर्माण तिब्र गतिमा अगाडी बढेको मन्त्री गुरुङले जनाए । प्रतिनिधी सभा विघटन भएपनि गण्डकीमा नेकपाकै सरकार रहने र बिकासको गति नरोकिने उनले दाबी गरे । जनताको आवश्यकता पुरा गर्न सदैव तयार रहेको उनको भनाई छ ।
पुर्वाधार बिकास कार्यालय तनहुँका अनुसार ज्वाला खोलामा २५ मिटर लामो र ८.४ मिटर चौडाको ओपन फाउण्डेसनको पुल बन्नेछ । आगामी असार २५ गते निर्माण सम्पन्न गर्नेगरी यती बिल्डर्स प्राली ललितपुरलाई ठेक्का दिएको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । तीन करोड २१ लाख १ हजार ६ सय ३७ रुपैयाँमा पुलको ठेक्का लगाईएको हो ।
लुम्दी खोलाको पुल पनि ओपन फाउण्डेसनमै बन्नेछ । ५० मिटर लम्बाई र ८.४ मिटर चौडाईको पुल निर्माणका लागी वाइएसएस निर्माण सेवा सुर्खेतले पाँच करोड ५१ लाख ९२ हजार २ सय ४० रुपैयाँमा ठेक्का सम्झौता गरेको ढुंगानाले बताए । यो पुल आगमी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।
स्थानिय लक्ष्मण श्रेष्ठले करिडोर निर्माणले गाउँमा बिकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताए । उनले सडक पुलसंगै गाउँमा खानेपानी, सिंचाई र बिजुलीबत्तीको आवश्यकता रहेको सुनाए । अगाडी भने, ‘सिंचाईको मात्रै व्यवस्था भयो भने यहाँका सुख्खा फाँटहरु हराभर हुनेछन् । आफ्नै उत्पादनले खान पुग्ने थियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->