मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

स्वर्गिय पौडेलको स्मृतिसभा जैदिमा

स्वर्गिय पौडेलको स्मृतिसभा जैदिमा


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७७, शनिबार

बागलुङ, १० माघ- नेपाली कांग्रेस बागलुङका क्षेत्रीय सचिव बिकास पौडेलको असमायिक निधन भएको १२ औं दिनमा कांग्रेसले शोकसभा सम्पन्न गरेको छ ।
जैमिनी नगरपालिका वडा न.. ७ जैदी स्थित स्व. पौडेलकै निवास नजिक भएको शोकसभामा कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले बिकास पौडेलको निधनले कांग्रेसको आन्दोलनमा महत्वपूर्ण नक्षत्र गुमेको बताए । उनले हरेक कांग्रेसी कार्यकर्ता पौडेलको झै सालिन रुपमा सक्रिय बन्नुपर्ने समेत बताए । उनले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने र असल चरित्र प्रस्तुत गर्ने कार्यकर्ताबाट पार्टीको भविष्य सहज र सुरक्षित बन्ने समेत बताए ।
गत पुस २८ गते पौडेलको असामयिक निधन भएको थियो । शनिवार आयोजित शोकसभामा बोल्ने सबै वक्ताले स्वर्गिय पौडेलको व्यक्तित्वको चर्चा गरिएको थियो । नेपाली कांग्रेस बागलुङ क्षेत्रनं. १ का सभापति चिरिन्जिवि गौतमको अध्यक्षता, सहसचिव गोबिन्दबहादुर पौडेल गोपालको संचालनमा सम्पन्न कार्यक्रममा महाधिवेसन प्रतिनिधि तथा पूर्व बिद्यार्थी नेता हरिहर शर्माले स्वर्थिय पौडेलको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा पार्टी सभापति दिपेन्द्रबहादुर थापा, संविधानसभा सदस्य प्रकाश पौडेल, पार्टी सचिव नवराज पौडेल, सहमचिव सिताराम रसाइली, महाधिवेसन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय, भीम श्रीष, महाधिवेसन प्रतिनिधि डिल्लीराम सुवेदी, पर्वती आचार्य, क्षेत्र नं. १ को ख का अध्यक्ष नारायण शर्मा पौडेल, बागलुङ नगर सभापति महेन्द्र आचार्य, जैमिनी नगरसभापति काशीराम आचार्य, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष धु्रबराज गौतम र पर्वत जिल्ला कार्यसमितिका सदस्य गोबिन्द पराजुली लगायतले बोलेका थिए । शोकसभाका लागि कांग्रेसले पौडेललाइ आधिकारिक प्रतिनिधिको रुपमा खटाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->