मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सूर्य चिन्ह लिएर आउँछौ, तयारी गर्नुस् : मुख्यमन्त्री गुरुङ

सूर्य चिन्ह लिएर आउँछौ, तयारी गर्नुस् : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७७, आइतबार

बागलुङ, ११ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले मध्यावधी निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद बिघटन गरेको उनको तर्क थियो ।
ओलीले जनताको माझमा जाने निर्णय गर्दै संसद बिघटन गरेको दाबी गर्दै गुरुङले तोकिएको समयमै निर्वाचन हुने र ओली नेतृत्वको नेकपा सूर्य चिन्ह लिएर निर्वाचनमा जाने दाबी गरे । ‘अफ्ठेरोमा परेका बेला देशको अदालत जनता हुन्’ उनले भने ‘ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कि अलोकतान्त्रिक ?’ उनले प्रतिगमन चाहनेहरुले नै संसद बिघटन गरेर मध्यावधिमा जाने कदम प्रतिगामी भएको भन्दै आएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको भेलालाई बागलुङको बुर्तिबाङ बजारमा सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीको प्रभावकारी कामबाट आत्तिएकाहरुले संसद बिघटन गर्न बाध्य बनाएको आरोप लगाए ।
‘बिरालोको घाँटी समाएर कुट्यो भने त्यसले कुट्नेहरुकै घाँटीमा समाउँछ’ गुरुङले भने ‘घाँटीमा बाध्न खोज्नेहरुले सुर्केनी राम्रो लगाएनन्, त्यसैले अहिलेको परिस्थिती जन्मिएको हो ।’ हिजो भारतीय नाकाबन्दीका समयमा केपी ओलीको अडानबाट आत्तिएकाहरु अहिले देशको चुच्चे नक्सा, पारवहन सम्झौता र बिदेशीसँग नझुक्ने कदमका कारण आत्तिएर पार्टीमा बिभाजन ल्याएको उनको भनाई थियो ।
‘बुर्तिबाङमा देवकुमारले गरेको कामले यहाँ अरु दलहरु आत्तिएका छन्, संघमा प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका बिभाजनकारीहरु आत्तिए’ गुरुङले भने ‘छिमेकी रिझाउनका लागि बिभाजनको बाटो खोज्नेहरु आँफै सकिन्छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->