शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपाका दुवैपक्ष राखेर छलफलको तयारीमा आयोग

नेकपाका दुवैपक्ष राखेर छलफलको तयारीमा आयोग


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७७, बिहिबार

काठमाण्डौ, १५ माघ– निर्वाचन आयोगले नेकपाका दुबै पक्षका छलफलका लागि बोलाएको छ । आगामी बैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफल गर्न दुबै पक्षलाई बोलाएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भोलि बिहान साढे ११ बजे दुबै पक्षबाट अध्यक्षसहित पार्टीका ५र५ जना आधिकारिक प्रतिनिधिलाई आयोगको कार्यालयमा बोलाएको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुलाई छुट्टाछुट्टै पत्र लेखेर अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्तिलाई बोलाएको हो ।
पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन भएको घोषणा गरेपछि बैशाख १७ गते पहिलो र २७ मा दोस्रो चरणको चुनाव घोषणा गरिएको छ । तर, प्रतिनिधि सभा विघटनविरुद्ध दर्जनौं रिट परेका छन्‌ र अहिले संवैधानिक इजलासमा बहस भैरहेको छ ।
संसद विघटन भएपछि नेकपा २ समूहमा विभाजन भएको छ । यसअघि आधिकारिक नेकपा र चुनाव चिन्ह सूर्य आफ्नो–आफ्नो भएको दावी गर्दै दुबै समूहले आयोगमा निवेदन दिएका थिए। आयोगले ति निवेदन भने खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->