पोखरा, १७ माघ– गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले व्यवहारिक तथा सिपमुलक शिक्षा आवश्यक भएकोा बताएका छन् । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको सुक्रराज माविको शुक्रबार सम्पन्न भएको ५२ औैं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा वोल्दै विद्यालयका पूर्वअध्यक्ष समेत रहेका सांसद बरालले व्यवहारिक तथा सीपमुलक शिक्षा आजको आवश्यकता नै भएको बताएका हुन् ।
विद्यालयमा प्राविधिक शिक्षा अन्र्तगत पशुपालन(भेटेरिनरी) को पठनपाठनसहित विभिन्न छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी बरालले बताए । उनका अनुसार यस बर्ष ४ वटा र यस अघि ११ वटा अक्षयकोष स्थापना भएका छन् ।





