मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

तरुणदल बागलुङ गाउँ–गाउँ संगठन विस्तार अभियानमा

तरुणदल बागलुङ गाउँ–गाउँ संगठन विस्तार अभियानमा


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७७, आइतबार

बागलुङ, १८ माघ – नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले गाउँ–गाउँमा संगठन विस्तारको अभियान संचालन गर्ने भएको छ । तरुणदल जिल्ला कार्य समिति बागलुङको शनिबार बसेको बैठकले फागुनको पहिलो सातादेखी जिल्लाका दश वटै स्थानिय तहका सवै वडामा भेला र संगठन विस्तार अभियान संचालन गर्ने निर्णय गरेको हो ।
तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ को अध्यक्षतामा बसेको बैठकले जिल्लामा तरुणदलको संगठनलाई बलियो बनाउनका निम्ती हरेक वडा तहमा तरुणदलको गठन गर्नुका साथै भेला तथा कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वडा–वडामा भेला गरेर दोस्रो चरणमा पालिका स्तरीय भेला र तेस्रो चरणमा जिल्ला भेला गर्ने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।
‘तरुणदलको अबको अभियान गाउँगाउँ सम्म सदस्यता विस्तार र तरुण युवाहरुलाई संगठित बनाउने हो, अध्यक्ष शर्माले भने, गाउँ–गाउँमा तरुण युवालाई संगठन प्रति उत्साह जगाउनका निम्ती यो अभियान संचालन गर्ने निर्णय गरेका हौं । जिल्लामा तिन चरणमा कार्यक्रम गर्नेछौं । वडा र पालिका स्तरका भेला सकिएपछि जिल्ला स्तरीय बृहत भेला तथा सम्मेलन हुनेछ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र सवैधानिक रुपमा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम र सरकारका बेथितिलाई यसै अभियान मार्फत गाउँगाउँसम्म भण्डाफोर गर्ने वताए ।
बैठकले हरेक स्थानिय तह र वडा तहमा संगठन विस्तारका लागि जिल्लास्तरबाट प्रतिनिधि समेत खटाएको छ । जसका लागि गलकोट नगरपालिकामा जिल्ला सचिव नविन शेरचन, ताराखोला गाउँपालिकामा जिल्ला कोषाध्यक्ष देवेन्द्र कुमार घर्ति मगर, बरेङ गाउँपालिकामा जिल्ला सदस्य भिम श्रीषलाई प्रतिनिधिको रुपमा खटाएको छ । त्यसैगरी जैमिनी नगरपालिकामा तरुणदलका नगर अध्यक्ष, लेखबहादुर थापा रोहीत, काठेखोला गाउँपालिकामा जिल्ला सदस्य विदुर भण्डारी र गंगा थापा, बडिगाड गाउँपालिकामा जिल्ला सदस्य रमेश मल्ल र प्रदिप खरेल, ढोरपाटन नगरपालिकामा जिल्ला सदस्य कल्याण कायत, निसीखोलामा हेमराज सापकोटा र तमानखोलामा विजय बुढालाई प्रतिनिधिको रुपमा जिम्मेवारी तोकिएको जिल्ला सचिव नबिन शेरचनले जानकारी दिए ।
संगठन विस्तारकै लागि तरुणदलले बागलुङ नगरपालिकामा पनि सवै वडामा प्रतिनिधि पठाएको छ । वडा नं. १, २ र ३ मा जिल्ला सदस्य धुव्र खड्का र विमलेश आचार्य, वडा नं. ४ र ५ मा जिल्ला सदस्य महेन्द्र खड्का र राजुप्रसाद पौडेल, वडा नं. ६ र ७ मा जिल्ला सदस्य दिलबहादुर पराजुली, वडा नं. ८, ९ र १०, ११ मा जिल्ला सदस्य यामबहादुर थापा, आमप्रकाश पौडेल र हायश्वर सुवेदी रवी र वडा नं. १२, १३ र १४ मा थमबहादुर सुवेदी, गणेश श्रेष्ठलाई जिल्ला प्रतिनिधिको रुपमा खटाईएको तरुणदलले जनाएको छ ।
बैठकले बागलुङ नगरपालिका–९ तित्याङका याम बहादुर थापालाई जिल्ला सदस्यको रुपमा मनोनित गरेको छ भने नेपाल प्रेस युनियनका जिल्ला सचिव नारायण रिजाललाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ । त्यसैगरी बागलुङ नगरपालिका –२ का राजुप्रसाद पौडेल र बानपा–१४ का गणेश श्रेष्ठलाई आमन्त्रीत जिल्ला सदस्यमा मनोनित गरेको सचिव शेरचनले बताए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमको विरुद्धमा काँग्रेस केन्द्रिय समितिबाट आह्रावन गरेको आगामी माघ १९ भातृ संस्थाको प्रर्दशन तथा विरोधसभालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । जसका लागि गाउँ–गाउँबाट तरुण युवाहरुलाई विरोध तथा प्रर्दशनमा आउनका लागि आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->