बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतना

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतना


  • ढोरपाटन संबाददाता
  • माघ १८ २०७७, आइतबार

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतनाबागलुङ, १८ माघ– कुष्ठरोग निवारणमा अझैपनि जनचेतना फैलाउने काम बढाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । रोग लागेको मानिसलाई गरिने भेदभाव र लान्छानाका कारण केही बर्षदेखि फेरीपनि कुष्ठरोगका बिरामी बढ्न थालेको समेत बताए । लक्षण देखिएकाहरुले पनि खुलेर उपचारमा आउन नसकेको भेटिएको हो ।
प्रारम्भिक अवस्थाको लक्षण भएमा औषधि सेवन गर्न थालेपछि अन्य मानिसलाई रोग नसर्ने भएपनि समाजमा रहेको भेदभावले संक्रमित खुल्न नसकेको पाइएको हो । ‘अझैपनि समाजमा भेदभाव छ, त्यसका लागि जनचेतना फैलाउनु परेको छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘संचारमाध्यमले पनि सकारात्मक सन्देश प्रवाह गरेमा रोग निर्मुल पार्न सक्छौं ।’
नेपाल सरकारले निर्मुल पार्ने भनेपनि अझै निवारणको अबस्थामा मात्रै रहनु परेको उनले बताए । नेपालमा अहिलेसम्म बिफर रोग मात्रै निर्मुल भएको र अन्य केही रोग निवरणमा रहेपनि बेला बेला जनस्वास्थ्य समस्यामा बल्झने गरेको पनि बताए ।
कतिपय बिरामीले रोग लागिसकेपछि पनि गोप्यता कायम गर्न खोज्ने कारणले औषधि सेवन गर्न पनि नचिनेको स्थान खोज्ने गरेको भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार कतिपय मानिसले श्रीमान श्रीमतीबीच पनि रोग लुकाएको बताए ।
‘दुवै जनालाई रोग छ, औषधि सेवन पनि गर्छन्, तर दुवैले दुवैलाई रोग लुकाएका छन्’ घिमिरेले भने, ‘समाजमा भएको भेदभावले कति असर गरेको छ भन्ने उनीहरु उदाहरण हुन् ।’ उनीहरुलाई फरक स्थानबाट औषधि बितरण गर्ने र गोप्य रुपमा औषधि खाने व्यवस्थापन भएको समेत बताए ।
प्रतिदश हजार जनामा १ जनाभन्दा बढी कुष्ठरोगी देखिएकामा जनस्वास्थ्य समस्याकै रुप लिन्छ । अहिलेसम्म यो रोगको अवस्था १ जनाभन्दा कममा भएपनि बढ्ने खतरा भैरहेको उनले बताए । बागलुङमा अहिले पनि ४ जना बिरामीले नियमित औषधि सेवन गरेकोले उनीहरुको सम्पर्कमा रहनेलाई कुष्ठरोग हुन सक्ने उनले बताए ।
कोरोना संक्रमणका कारण कन्ट्याक्ट ट्रेसिङको कुरा भने बुझाउन सकिएको उनले बताए । कुष्ठरोग लागेको मानिसलाई समयमा उपचार हुन नसकेमा अपांग हुने, अंगभंग हुने र अन्य शारिरीक समस्या पनि थपिने खतरा बारे चेतना फैलाउनुपर्ने उनले बताए ।
घिमिरेका अनुसार, बागलुङमा २ महिला र २ पुरुषले नियमित औषधि सेवन गरेका हुन् । तीमध्ये बागलुङका एक, काठेखोलाका १, बडिगाडका १ र निसीखोलाका १ जना छन् । लाटो फुस्रो दाग देखिएमा, नचिलाउने समस्या, हातखुट्टा र आँखाको मांसपेसी कमजोर बन्दै जाने, छाला बाक्लो हुनेलगायतका समस्याले कुष्ठरोग लागेको पत्ता लाग्छ । निशुल्क परीक्षण र उपचारसमेत हुने भएपनि अझै परीक्षणको दर बढाउन नसकिएको कार्यालयका प्रमुख सुरज गुरौले बताए ।
नेपाल सरकारले २०७३ सालमै शुन्यमा झार्ने लक्ष्य राखेपनि संक्रमणको दर कायमै रहेको हो । सबैभन्दा बढी प्रदेश नम्बर २ मा प्रतिदश हजारमा शुन्य दशमलब ८७ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा प्रतिदश हजारमा ४० प्रतिशत कुष्ठरोगी छन् । नेपालभरको तथ्यांकमा प्रतिदश हजार जनामा शुन्य दशमलब ६९ प्रतिशत संक्रमित रहेका छन् । तीमध्ये १४ बर्ष मुनीका बालबालिकासमेत संक्रमित देखिएकोले संक्रमणको दर बढीरहेको भेटिएको हो ।
गण्डकी प्रदेशमा चालु बर्ष मात्रै २० जना कुष्ठरोगी थपिएका छन् । तीमध्ये कास्कीमा ५ जना, नवलपुरमा ४ जना र स्याङजामा ३ जना छन् । गोर्खा, तनहुँ र लमजुङमा दुइदुइ जना तथा म्याग्दी र बागलुङमा एकएक जना थप भएका हुन् । अहिलेसम्म सबैभन्दा धेरै कास्कीमा ३२ जना, नवलपुरमा १८ जना, तनहुँमा १७ जना संक्रमित छन् । मनाङमा भने अहिलेसम्म संक्रमित नदेखिएका हुन् । घिमिरेका अनुसार नेपालमा २०४४ जना कुष्ठरोगका संक्रमित छन् । तीमध्ये ७ सय ७० महिला, १ सय ४१ बालबालिका र अन्य पुरुषहरु छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->