बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा १२ फरार प्रतिवादी पक्राउ

तनहुँमा १२ फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार

तनहुँ, १८ माघ– जिल्ला प्रहरी कार्यालय तनहुँले आईतबार १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाई कार्यालयबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।
जबरजस्ती करणी मुद्दामा सात वर्षदेखि फरार रहेका तनहुँको देवघाट गाउँपालिका–२ का सुमन श्रेष्ठ पक्राउ परे । श्रेष्ठलाई जिल्ला अदालतले २०७० माघ १७ गतेको फैसलाले ६ महिना कैद सजाय तोकेको थियो ।
लागुऔषध गाँजा मुद्दामा तीन महिनादेखि फरार व्यास नगरपालिका–१० बस्ने वर्षी जेके भन्ने टेकबहादुर विकलाई समेत पक्रन प्रहरी सफल भएको छ ।
जालसाजी मुद्दामा फरार ४ जना, नाता कायम, गाली बेइज्जती मुद्दामा फरार २÷२, सम्बन्धविच्छेद र सवारी ज्यान मुद्दामा फरार १÷१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट एक वर्ष तीन महिना कैद र ११ हजार एक सय ८७ रुपैयाँ जरीवाना भुक्तानका लागि अदालत पठाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->