मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘जुनसुकै निरंकुशता बिरुद्ध कांग्रेसको बिरोध’

‘जुनसुकै निरंकुशता बिरुद्ध कांग्रेसको बिरोध’


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार
?

बागलुङ, १९ माघ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले तानाशाह र निरंकुशतविरुद्ध कांग्रेस फेरी सडकमा आएको बताएका छन् ।
कांग्रेसका भातृसंगठनहरुले आयोजना गरेको बिरोध सभामा बोल्दै उनले राणा र राजाविरुद्ध लडेको कांग्रेसले फेरी जनताको मतमा खेलेर निरंकुशता बन्न खोज्नेलाईपनि परास्त पार्ने बेला आएको बताए । सोमबार बागलुङमा आयोजित बिरोध सभामा बोल्दै पौडेलले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।
ओली सरकारले जनता बिरोधी बिधेयक ल्याउँदा बिरोध गरेको कांग्रेसलाई साथ नदिइ मौन बसेका नेकपाका पुष्पकमल दाहाल,माधवकुमार नेपाल लगायतका नेतापनि आफ्नो पद नमिलेपछि मात्रै बिरोधमा आएको उनले टिप्पणी गरे । ‘शुरुवाटै ओलीका असंवैधानिक र अलोकतान्त्रिक कदमको बिरोध गर्न सकेको भए संसद बिघटनको अबस्था आउने थिएन’ पौडेलले भने, ‘आफ्नो स्वार्थ पुरा नभएपछि मात्र सडकमा आउँदा देशै बर्बाद हुने कदम सुरु भएको छ ।’
बिरोध कार्यक्रममा पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जनताको विश्वासमा कुठाराघात गरेर प्रधानमन्त्री ओलीले संसद भंग गरेको आरोप लगाए । उनले संसद पुनस्थापना र लोकतन्त्रको रक्षाका लागि फेरी कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्ने बेला आएको बताए ।
नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, नेपाल तरुणदलका अध्यक्ष उमाकान्त शर्माको संचालन र लोकतान्त्रिक मगर संघका अध्यक्ष तिलक घर्ती मगरको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व सांसद गोबिन्दप्रसाद शर्मा कंडेल, पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, नेबिसंघका अध्यक्ष खड्ग थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य, भूपू सैनिक संघका अध्यक्ष हरिबहादुर भण्डारी, अपांग संघका अध्यक्ष गंगाप्रसाद कंडेल, दलीत संघका अध्यक्ष तारा बिक, प्रजातन्त्र सेनानी संघका अध्यक्ष ताराप्रसाद गौतम लगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका थिए । कांग्रेसले संसद बिघटनविरुद्धको दोश्रो चरणको बिरोध कार्यक्रमअन्र्तगत सोमबारदेखि अभियान थालेको हो ।
यो अभियानलाई विभिन्न चरण र कार्यक्रम गरेर बिरोधको रुपमा अगाडि बढाउने योजना रहेको शर्माले जानकारी गराएकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->