बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीका सार्वजनिक शौचालय प्रयोगविहीन

बेनीका सार्वजनिक शौचालय प्रयोगविहीन


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७७, शनिबार

बेनी, २४ माघ– म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेका सार्वजनिक शौचालय उचित संरक्षणको अभावमा अझै प्रयोगमा आएको छैन् । दैनिकजसो विभिन्न प्रयोजनले सदरमुकाम बेनीमा आउने सर्वसाधारणलाई लक्षित बेनी नगरपालिका–७, पुस्तकालय चोकमा करिब एकदशक अगाडी निर्माण गरिएको २ वटा सार्वजनिक शौचालय प्रयोगमा नआएको हो । बेनी सामुदायिक मावि अगाडी तत्कालिन अर्थुङे गाविसले बनाएको शौचालय सर्वसाधारणहरुको पहुँचमा रहेपनि सम्बन्धित निकायले ब्यवस्थित बनाउनेतर्फ ध्यान नदिँदा सर्वसाधारणलाई समस्या भएको छ । शौचालय आसपासमा ठेला व्यवसायीले प्रयोग गर्ने गरेपनि शौचालय खण्डहरमा परिणत भएका छन्।
बेनीबजारकै कालिपुल बसपार्क, बहुउदेश्यीय मैदानको कृषि उपज केन्द्रको टहरामा बनाइएको शौचालय सदरमुकाम आउने नागरिकहरुले प्रयोग गर्न पाएका छैनन् । मापदण्ड अनुसारका शौचालय सञ्चालनमा नगरपालिकाले समेत चासो देखाएको छैन्। शौचालय निर्माण गरेपछि केही समय शुल्क लिएर सञ्चालन गरिएपनि पुनःविवाद र अन्य ब्यवस्थापनमा देखिएको कमजोरीले बन्द भएको स्थानीयको भनाई छ ।‘शौचालयमा ताला लगाउँदा समस्या भएको छ,यात्रुलाई धेरै सास्ती भएको छ’,शौचालय आसपासमा व्यवसायी गर्ने एक ब्यवसायीले भने। सार्वजनिकस्थलमा रहेका शौचालय बन्द हुँदा निजी घरमा जानुपर्ने र त्यहाँ समेत विभिन्न भनाई सुन्नुपर्ने अवस्था रहेको बताउँदै सर्वसाधारणले शौचालयको मर्मत गरी सञ्चालन गर्न बेनी नगरपालिकालाई अनुरोध गरेका छन् ।
यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बहुउदेश्यीय मैदानको शौचालय प्रयोगमा आएको र अन्य प्रयोगविहीन अवस्थामा रहेकालाई समेत आवश्यकताको आधारमा सञ्चालनमा ल्याउने बताए । ‘पुराना शौचालय मर्मत गरेर प्रयोग गर्न तयार छौ,आवश्यकता देखिएका ठाउँमा शौचालय बनाउन पनि सकिन्छ’, प्रशासकीय अधिकृत सुबेदीले भने । बेनीमा दरबाङ बसपार्कमा थप शौचालय, हाँडेभिर, कालिपुल लगायत भीडभाड हुने स्थानमा थप शौचालयको आवश्यकता रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->