बेनी, २४ माघ – ढोरपाटन राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मानित भएका हुन् । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सम्पन्न भएको म्याग्दी भ्रमण बर्ष तथा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै गौतमलाई सम्मानित गरिएको हो ।
पत्रकारिता विषयमा स्नातकोत्तर गरेका गौतम बेनी अनलाइनका संस्थापक सदस्य एवम् प्रधान सम्पादक पनि हुन् । उनी एकदशक देखि म्याग्दीको पत्रकारितामा सक्रिय छन् । सोही अवसरमा अन्नपूर्ण पोष्टका म्याग्दी संवाददाता सन्तोष गौतमलाई समेत नगद २५ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो । म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्यले कलमको माध्यमबाट नीजि क्षेत्रका गतिविधि सहित पर्यटन, धार्मिक लगायतका पक्षमा कलम चलाएर पत्रकारिता क्षेत्रको शीर उच्च बनाएको बताउँदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए ।





