बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हरिनासमा उपाध्यक्षसंग सुत्केरी पोषण कार्यक्रम : सुत्केरीलाई गाउँपालिकाको २८ सय

हरिनासमा उपाध्यक्षसंग सुत्केरी पोषण कार्यक्रम : सुत्केरीलाई गाउँपालिकाको २८ सय


  • ढोरपाटन सम्वाददाता
  • माघ २५ २०७७, आइतबार

तनहुँ, २५ माघ –गर्भवती महिलालाई नियमित स्वास्थ्य परिक्षण गराउने बानी बसाल्दै सुरक्षित तवरले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उदेश्यले स्याङजाको हरिनास गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी पोषण’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । चालु आर्थिक बर्षको बजेट, निती तथा कार्यक्रममा उल्लेख भए अनुसार यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले क्याक्मी स्वास्थ्य चौकीबाट यो कार्यक्रमको शुभारम्भ गरिन् । दुई जना सुत्केरीलाई पोषणका लागि दुई हजार आठ सय रुपैयाँ हस्तानतरण गरिन् । कार्यक्रमले महिलाको स्वास्थ्य अवस्थामा सुधार र बालबालिकाको पोषणका लागी सघाउने उनले बताईन् ।

उपाध्यक्ष पराजुलीका अनुसार गत साउनयता गर्भवती अवस्थामा नियमित स्वास्थ्य परीक्षण गराएका र सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई मात्र दुई हजार आठ सय रुपैयाँ भत्ता दिईनेछ । यसका लागि चालु आर्थिक बर्षको बजेटमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिईन् । गत साउनयता गाउँपालिकामा कार्यक्रमले तोकेको मापदण्ड पुरा गरी २९ जना सुत्केरी भएका छन् । ती सबैलाई सम्बन्धित स्वास्थ्य संस्थाबाट उक्त रकम दिईने उनले बताईन् । बालबालिकालाई सुनौला हजार दिनसम्म लगाउनुपर्ने खोप लगाउनलाई पनि सचेत गराउने गरेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->