मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘उत्तरदायी पत्रकारीता समाजको खोजी’

‘उत्तरदायी पत्रकारीता समाजको खोजी’


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७७, आइतबार

बागलुङ, २५ माघ– पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पाँच दिने निशुल्क पत्रकारीता तालिम आइतवार सकिएको छ । तालिमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानलेले तथ्यमा आधारीत पत्रकारीता गर्न आग्रह गरे । न्यौपानेले पत्रकारीता जस्तो सम्मानीत पेशामा आकर्षण घट्नु दुःखद रहेको बताए । व्यवसायीक पत्रकारको समाजमा खोजी रहेको भन्दै उनले रुपान्तरको संवाहक बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले योग्य पत्रकारलाई अहिलेपनि रोजगारीको ठाउँ खालि रहेको बताए । पाँच दिन चलेको तालिममा जिल्लामा कृयाशिल पत्रकारहरुले सहजीकरण गरेका थिए । तालिममा बागलुङ, पर्वत र म्याग्दीका बिभिन्न ठाउँबाट ४० जना युवा युवतीले सहभागिता जनाएका थिए । तालिमको समापन समारोहको अध्यक्षता दिल शिरिष र सञ्चालन राम थापा अविरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->