बागलुङ, २७ माघ– प्रतिनिधिसभा बिघटन लगायतका काम गरेर सरकारले संविधान मिचेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीको बताएका छन । नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व. सुशिल कोईरालाको छैठौं स्मृति दिवसको अवसरमा सुसिल कोईराला सोसोलिष्ट सर्कल बागलुङले आयोजना गरेको ‘संकटमा संविधान’ विषयक गोष्ठीमा सहभागी सो कुरा बताएका हुन ।
गोष्ठीमा बोल्ने अधिकांश बक्ताहरुले हजारौँ जनताको बलिदान र संघर्ष पछि निर्मित संविधान माथि केपी ओलीले हमला गरेर संविधान नै संकटमा पारेको आरोप लगाएका थिए । उनिहरुले संसद विघटन संविधान विपरित भएको हुँदा यसको विरुद्धमा प्रतिपक्ष दल नेपाली काँग्रेसले आन्दोलनलाई नेतृत्व गरेर संसद पुनःस्थापना गर्नका निम्ती दबाव सिर्जना गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काँग्रेस बागलुङका निर्वतमान सभापति प्रकाश शर्मा पौडेलले प्रतिनिधि सभा विघटनको विषय संविधानमा नै नभएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागलुङका युवा नेता हिरा बहादुर केसीले प्रतिनिधि सभा विघटनले देश राजनितिक संकटको चक्रव्युहमा फसेको बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले स्व. सुशिल कोईराला मुलुकका लागि एक ईतिहासिक युग पुरुष भएको हुँदा मुलुकले नै छुट्टै सम्मान गर्न जरुर रहेको बताए ।
कार्यक्रमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, प्रजातन्त्रबादी प्रध्यायपक संघका केन्द्रिय सदस्य धुव्रराज गौतम, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले संसद विघटनको प्रकृया गैह संवैधानिक र अलोकतान्त्रिक भएको बताएका थिए ।





