बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डायलासिस गर्ने पैसा नहुँदा भगवान पुकार्दै अजय

डायलासिस गर्ने पैसा नहुँदा भगवान पुकार्दै अजय


  • ढोरपाटन सम्वाददाता
  • माघ २७ २०७७, मंगलबार

बेनी, २७ माघ– बेनी नगरपालिका–८,गणेशटोलको भित्री गल्लीमा बस्ने सुनिता परियारले देवताको तस्वीरसँगै राखेर दिनहुँ श्रीमान अजयको पूजा गर्दै स्वास्थ्य लाभको कामना गर्छिन् । दुबै मृगौला फेल भएपछि उपचारको अभावमा कोठमा बसेका अजयको लामो आयु तथा दीर्घायू जीवनको कामना गदैं दैनिक भगवानलाई पुकार गर्ने गरेकी छन् । रघुगंगा गाउँपालिका–४ दर्मिजाका अजयको तीन महिना अगाडी दुबै मृगौलामा खरावी देखिएपछि उपचारमा झन्डै ५० हजार खर्च भयो । उनी अहिले थप आर्थिक अभावले पोखराबाट फर्किएर ओछ्यानमै थलिएका छन् ।‘श्रीमानको उपचारका लागि एक रुपैयाँ पनि छैन्,सहकारीबाट ऋण खोजेर उपचारमा खर्च गरेको छु’,उनले भनिन् । मृगौला पीडितको डायलासिस गर्दा शुल्क नलाग्ने भनेपनि पोखराका अस्पतालले महङ्गो इन्जेक्सन र नियमित औषधी किन्नुपर्ने भएकाले आर्थिक जुटाएर आउन भनेपछि फर्किएको सुनिताको भनाई छ। ‘गाउँमा एकटुक्रा जमिन पनि आफ्नो नाममा छैन्,सुकुम्बासी जीवन बिताइरहेका छाँै’, उनले भनिन् ।
पीडित अजयको घरमा आमाबुबा, तीन दाजुभाई, दुई दिदी बहिनी छन् । सामान्य कृषि पेशामा संलग्न भएपनि वर्षभरी खान पुग्दैन् । सरकारको निःशुल्क डायलिसिस सेवा लिन औषधि र इन्जेक्सनका लागि आवश्यक पर्ने भएकाले बाध्य भएर बचाउँन हारगुहार गरिरहेको सुनिताको बताइन् । ‘घरमा आम्दानी छैन, आफ्नो कमाई छैन ।डायलिसिस गर्नपनि गाह्रो भएको छ’, उनले भनिन् । उनले सबैबाट सहयोग पाए श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको बताइन् । ‘घरमा बृद्ध बुबाआमा हुनुहुन्छ, छोरो बल्ल ५ वर्षको भयो । कमाउने मान्छे कोही छैनन्’, उनले भनिन् । श्रीमानको उपचारमा भएको सबै पैसा सकिएपछि मासिक ३ हजार कोठा भाडा, छोरालाई पढाउने खर्च र बिहान–बेलुकी हातमुख जोड्नसमेत मुस्किल छ । ‘बिरामी श्रीमान पेटभरी खान नपाएर धेरैदिन भोकभोकै सुत्नुहुन्छ,उहाँको अवस्थाले मलाई पनि भोक लाग्दैन’, भक्कानिदैं भनिन् । जीवनभर एकअर्कालाई सात दिने बाचा कसम खाएकाले श्रीमानलाई मिल्ने भए एउटा मृगौला दिन समेत तयार रहेकी सुनिताले नियमित उपचारमा सहयोगको बिलौना गरिन् । स्थानीय कलाकारसमेत रहेकी सुनिताले आफ्नो पेशाबाट आएको केही पैसाले घरखर्च चलाउने गरेकी छन् ।
‘पैसा नभए मृत्यु कुर्नुको विकल्प छैन्,थोरै पैसाले श्रीमानलाई जोगाउन नसक्ने अवस्था आएपछि सहयोगका लागि हात थापेको छु’, आँसुले टिलपिल भएका आँखा छोप्दै भनिन् । श्रीमानको समस्याका बारेमा बताउँदै गर्दा सुनिताका आँखा बेलाबेलामा रसाउँथे । खाने, लाउने र कमाउने उमेरमा श्रीमानको जटिल रोगबाट ग्रसित भएपछि निद्रा समेत नलाग्ने र दैनिकी निकै कठीन बनेका छ । तत्काल डायलासिस खर्च जुटाउन सकेपनि धेरै राहत मिल्ने पीडित अजयको भनाई छ । ‘धन कमाउन विदेश जाने तयारीमा थिएँ,एक्कासी मृगौलामा समस्या देखियो’, उनले भने । ‘मृगौला फेर्ने चाहना छ, त्यत्रो पैसा जुटाउन सक्ने अवस्था नभएकाले डायलासिस मात्रै गराउन पाए केही वर्ष बाँच्ने थिएँ’, अजयले भने । उपचार सहयोगका लागि ओमकुमारी शान्ति कोषले प्रतिबद्धता जनाएपनि सरकारी निकायबाट सहयोगको आश्वासन नआएकाले अलपत्र परेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->