बागलुङ, २७ माघ– नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले संसद बिघटनको मुद्दा सफल वा असफल जे भएपनि प्रधानमन्त्री केपी शर्मा ओली सडकमा घिसारिनुपर्ने टिप्पणी गरेका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै भुषालले संसद पुनस्थापना भएमा आन्दोलनकारीले र बिघटन सदर भएमा त्यसपछि उठ्ने प्रतिक्रान्तिले ओलीलाइ बढार्ने बताए । ओलीले नेपालमा संसद बिघटन गरेर बहुपक्षीय द्वन्द्वमा धकेलेको समेत भुषालको आरोप छ ।
आम नेपालीले ओलीलाई सडकमा घिसारेर ल्याउने समेत उनले दावी गरे । त्यसपछि नेपालमा बिखण्डनकारी र बिदेशी शक्तीको क्रिडास्थल हुने भन्दै सुखी नेपाली र समृद्द नेपाल बनाउने सपना कम्प्युनिष्ट प्रधानमन्त्रीबाटै तुहिएको उनको भनाइ थियो । ओलीले निरंकुशता र राज्यव्यवस्था ध्वस्त पार्ने अभियान बनाउ“दा मात्रै प्रचण्ड नेपाल समूहको असहयोग भएको भन्दै अन्य कुनैपनि काममा अबरोध नगरेको बताए ।
‘ओलीले हरेक कोणबाट देशमा निरंकुशता लाद्ने र नयाँ गृहयुद्दमा धकेल्ने काम मात्रै गरे’ उनले भने, ‘‘७२ बर्ष लगाएर ल्याएको संविधान ओली एण्ड कंपनीको सेटिङले ध्वस्त बनायो ।’ ओलीको सत्ता जति सक्यो छिटो अन्न्य नभएसम्म घण्टाघण्टामा देश बर्बाद हुने समेत उनले दावी गरे । ओलीले हार्नैपर्छ, जति ढीला हार्छन्, त्यति नेपाल बर्बाद भैरहन्छ भन्दै उनले ओलीमा नीति, सिद्दान्त र नैतिकता समेत नभएको पनि बताए ।






