बागलुङ, २८ माघ -धौलागिरी हिमाल हिउँले भरिपूर्ण छ । गत शुक्रबार र शनिबार भएको हिमातले धौलागिरी हिमाल भरिएको हो। अधिकांस भाग कालापथ्थर देखिने हिमाल हिमपात पश्चात भरिपूर्ण भएको छन् । हिमातले सेताम्य भएका डाँडाकाडाँ हरियाली बनेका छन । हिमाली श्रृङखला मनमोहक देखिन्छन् । बागलुङको पर्यटकीय क्षेत्र पञ्चकोटबाट आँखै अगाडि देखिने हिमश्रृङखलाले प्रकृतिप्रेमीलाई एकछिन टक्क अडिन बाध्य बनाउँछ । अहिले पञ्चकोट घुम्न आउने पर्यटकको लागि भरिपूर्ण हिमश्रृङखला थप आकर्षण बनेका छन् । स्थानीय व्यवसायी कृष्णप्रसाद सापकोटाका अनुसार पञ्चकोटमा निर्मित विशाल हनुमानको प्रतिमा र हिमालको दृष्य हेर्न यहाँ आउनेको संख्या बद्दै गएको छ । पञ्चकोट र छापा गाउँबाट देखिने धौलागिरी हिमाल र पञ्चकोट आसपासका मनमोहक दृश्यसहितका वस्ती । तस्विर: ढोरपाटन













