मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

झाक्रीलाई कारवाही माग

झाक्रीलाई कारवाही माग


  • ढोरपाटन सम्वाददाता
  • माघ २८ २०७७, बुधबार

बागलुङ, २८ माघ– अखिल नेपाल महिला संघ बागलुङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई कारवाही माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारलाई ध्यानाकर्षण गराईएको हो ।
अनेमसंघ बागलुङकी अध्यक्ष साबित्रा रानाद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र बुधबार बागलुङका प्रजिअ सुरेश न्यौपानेलाई बुझाइएको हो । झाँक्रीले राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिले सम्मानित पदको अपमान भएको बताइएको छ ।
राष्ट्रपति बिद्या भण्डारीको चरित्रमाथि गरिएको टिप्पणीले सिंगो राष्ट्रपति संस्थामाथी नै अपमान भएको बताइएको छ । ज्ञापनमा प्रचलित कानून बमोजिम हदै सम्मको सजाय गर्न सरकारसँग माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->