बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नदीजन्य पदार्थ उत्खनन् नहुँदा मुस्ताङका दर्जन बस्ती जोखिममा

नदीजन्य पदार्थ उत्खनन् नहुँदा मुस्ताङका दर्जन बस्ती जोखिममा

कालिगण्डकी नदीमा बर्सेनि जम्मा हुँने नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यका लागि बहुसरोकारवाला निकायबीच समन्वयको खाँचो


  • सुन्दर कुमार थकाली
  • माघ २९ २०७७, बिहिबार
जोमसोम, २९ माघ – नदीजन्य पदार्थ उत्खनन् हुन नसक्दा मुस्ताङस्थित कालिगण्डकी नदीका एक दर्जन बस्ती उच्च जोखिममा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि थासाङ गाउँपालिका—३ लेतेसम्मका एक दर्जन बस्ती कालिगण्डकी नदीको सतह माथि उठ्दै जादा उच्चजोखिममा परेका हुन् ।
मुस्ताङको छुसाङ, कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, टुकुचे, खन्ती, कोवाङ, लार्जुङ, सौरु, सिर्रखुम, छाक्ताङ, कोखेठाटी, धम्पु र लेते लगायतका बस्तीमा नदीजन्य पदार्थ माथि उठ्दै जादा बस्ती डुबानमा पर्ने सम्भावना बढेको हो । मुस्ताङको कालिगण्डकीमा बर्सेनि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी र गेग्रानको समुचित व्यवस्थापन हुन सकेको छैन । कालिगण्डकी नदीमा नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापन कार्यमा कानूनी जटिलताले तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका हुन् ।
नदीजन्य पदार्थको उत्खनन्मा संघ, प्रदेश, स्थानीय तह र संरक्षणक्षेत्र व्यवस्थापनका ऐन, नियमावली र कार्यविधिमा एकरुपता हुँन नसक्दा यसप्रकारको समस्या देखिएको हो । नदीमा थुप्रिएको प्राकृतिक श्रोतसाधन ढुंगा, गिटी, वालुवा उत्खनन्, संकलन बिक्री वितरण तथा ओसोर÷पोसार गर्ने कार्यको प्रारम्भिक शर्त वातावरण अध्ययन प्रतिवेदन कसले र कसरी गर्ने भन्ने कानूनले तोकेको समस्या बिद्यमान छ । प्राकृतिक श्रोतको रोयल्टी अन्नपूर्ण संरक्षण क्षेत्र, स्थानीय तह, जिसस र आयोजना कसले उठाउने भन्ने अन्योलता छ ।
स्थानीय तहले बिईआर वा आईईई स्वीकृत गरे जिल्ला बाहिर निकासा गर्न पाईने वा नपाईने स्पष्ट हुँन सकेको छैन । यस्तै, संघ र प्रदेशले तयार गरेको उत्खनन्, संकलन, बिक्री वितरण तथा ओसार÷पोसार संम्वन्धि मापदण्डले तोकेका न्यूनतम शर्त कार्यान्वयनमा चुनौती छ । बर्सेनि मुस्ताङको कालिगण्डकी नदी रहेको स्थानमा नदीजन्य पदार्थका कारण जमिनको सतह उच्च हुँदा तटीय बस्ती जोखिमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए । उनका अनुसार नदी जन्य पदार्थको उत्खनन् तथा संकलन कार्यको लागि पहिलो शर्त वातावरण अध्ययन प्रतिवेदन प्रचलित कानुनले तोकेको हुनुपर्ने जनाए । मुस्ताङमा कालिगण्डकी सतह दैनिक रुपमा वृद्धिको मूल कारण वातावरण प्रतिवेदन नहँुनु मुख्य रहेको कार्यालय प्रमुख दाहालको भनाई छ ।
कालिगण्डकी नदीमा बर्सेनि जम्मा हुँने नदीजन्य पदार्थको उत्खनन् तथा संकलनकार्यका लागि बहुसरोकारवाला निकायबीच समन्वयको खाँचो छ ।सरोकारवालाहरुले संम्वन्धित निकायलाई यसको जिम्मेवारी, यसको प्रक्रिया अघि बढाउन उत्खनन् मापदण्ड तथा आईई बिषय लगायतको कार्य गर्नु पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमले उल्लेख गरेको छ ।
मुस्ताङमा हालसम्म कुनै पनि वातावरण प्रतिवेदन अध्ययन नभएको एक्यापले जनाएको छ । नदीजन्य उत्खनन् लगायतका बिषयमा बनेको संघीय सरकारको व्यवस्थापन संम्वन्धि मापदण्ड कार्यविधि २०७७ बमोजिम प्रचलित संघीय कानूनले तोकेअनुसार वातावरण प्रभाव मूल्याङ्क अनिवार्य छ ।संघीय कार्यविधिमा घना वस्ती र वन क्षेत्रको २ किमी, राजमार्गको ५ सय मिटर भित्र, सडक, पुल र झोलुङ्गे पुलको १ किमी तल र ५ सय मिटर माथि नदीजन्य पदार्थ उत्खनन् गर्न नपाईने नियम छ ।
संरक्षणक्षेत्रमा नदीजन्य पदार्थको उत्खनन् तथा संकलन गर्नका लागि संरक्षणक्षेत्रको वार्षिक योजना र प्रारम्भिक वातावरण परिक्षण वा वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत गरेमात्र उत्खखन् गर्न पाईने एक्यापले तोकेको छ । नदीजन्य उत्खनन्, संकलन र बिक्री वितरण संम्वन्धि बनेको गण्डकी प्रदेशको कार्यविधि २०७५ मा पनि पूर्व प्रचलित कानून अनुसार वातावरण प्रतिवेदन अनिवार्य गराईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->