मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जनयुद्धको उपलव्धी संघीयता धरापमा प-यो : पूर्व मन्त्री पुन

जनयुद्धको उपलव्धी संघीयता धरापमा प-यो : पूर्व मन्त्री पुन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७७, शनिबार

बागलुङ, १ फागुन– नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नेता तथा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले विभेदको अन्त्य र वर्गिय लडाईंको लागि जनयुद्धको सुरुवात भएको बताएका छन् ।
तत्कालिन राज्य व्यवस्थाका विरुद्धको लडाईं सुरु गर्दा सांस्कृतिक, आर्थिक र राजनीतिक रुपान्तरणको अध्ययसँगै सुरु भएको उनले स्मरण गरे । २६ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दाहाल–नेपाल समुहले शनिबार बागलुङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले संघीयताको मर्म नबुझेका शासकहरुका कारण संघीयता धरापमा परेको आरोप समेत लगाए ।
संघीयताका सुन्दर पक्षहरुलाई ओझेलमा पारेर यसको कार्यान्वयनमा आईपरेका चुनौतीहरुलाई मात्रै प्रचार गरिएको उनको धारणा थियो । जनयुद्धकै बलमा बनेको संबिधानलाई कुल्चेर पछिल्लो राजनीतिक घटनाक्रमहरु भैरहेको भन्दै पुनले यस्ता कदमले देश र जनताका लागि धोका दिईरहेको जिकीर गरे ।
जनयुद्धले पिछडिएका वर्ग, आदिबासी जनजाती, दलित समुदाय तथा सिमान्तकृत वर्गको आवाज बुलन्द गर्न सहयोग गरेको उनको धारणा थियो । २०५२ साल फागुन १ गते रोल्पाबाट जनयुद्धको सुरुवात गर्दाको स्मरण गर्दै पुनले जनयुद्धका बलमा भएका उपलव्धीको संस्थागत गर्न जुनसुकै अवस्थामा तयार रहन कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटि सदस्य तथा महिना नेतृ गीतादेवी शर्माले पछिल्लो समय देशमा सिर्जना भएको राजनीतिक घटनाक्रमले जनयुद्धका उपलव्धी गुम्नेतर्फ संकेत गर्दै त्यसबाट जोगिन जस्तोसुकै कदम चाल्न पनि तयार हुनुपर्ने बताईन् ।
बेपत्ता परिवारकी सदस्य जसोदा शर्माले जनयुद्धका घाईते, अपांग, बेपत्ता तथा शहिद परिवारको अपमान हुने गरी राज्य र समुदायले व्यवहार गर्ने गरेको गुनासो गरिन् ।
कार्यक्रम जिल्ला कार्यालय सदस्य बिष्णु भुसालको अध्यक्षता, बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर परियारको स्वागत र चन्द्रबहादुर क्षेत्रीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->