मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सिद्धार्थको बार्षिकोत्सव ‘अध्ययन व्यवहारीक हुनुपर्छ’

सिद्धार्थको बार्षिकोत्सव ‘अध्ययन व्यवहारीक हुनुपर्छ’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७७, मंगलबार

बागलुङ, ४ फागुन– बालबालिकाले तयार गरेका शैक्षिक सामाग्रीले विद्यालयका दुईवटा कोठा भरिएका छन् । बार्षिकोत्सव मनाउनकालागि त्यहाँ पुग्ने अभिभावक, विद्यार्थी तथा सरोकारवाला सबैको आँखा तीनै कक्षाकोठाहरुमा पर्न थालेका छन् ।
माध्यमिक तहका विद्यार्थीको अगुवाई र प्रथमिक तहसम्मका विद्यार्थी समेत सामेल भएर तयार गरेका विज्ञान तथा प्रबिधि र सामाजिक तथा सांकृतिक सामग्रीहरुले सबैको मन लोभ्याएको हो । बागलुङ नगरपालिका वडा नं। १ को सिद्धार्थ शिक्षा सदन बागलुङको बाह्रौं बार्षिकोत्सवको तयारीमा शैक्षिक सामाग्रीको प्रद्र्धशनी भएको हो ।
सरस्वती पुजाका दिन बिषेश समारोह आयोजनागर्ने विद्यालयले विद्यार्थीको व्यवहारिक सिकाईकालागि दुई दिन पहिले देखिनै शैक्षिक प्रदर्शनी गर्ने गरेको छ । यस बर्ष पनि विद्यालयले दुईवटा भवनका फरक फरक कोठामा विज्ञान तथा प्रबिधि र सामाजिक तथा सांकृतिक समग्रीहरुको प्रदर्शनी सुरु गरेको हो ।
सोमबार बिहान धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले प्रदर्शनीको उद्घाटन गरे । ‘गज्जव लाग्यो विद्यार्थीलाई सिकाउने तरीका’ बिकले भने ‘व्यवहारिक शिक्षाले मात्रै सीपको बिकास गर्छ, सीपले मान्छेलाई रोजगार बनाउँछ ।’ कक्षा ९ का छात्रछात्रहरुको समुहले मानव शरिरको अध्ययन गर्न मृगौलाको कामका बिषयमा प्रदर्शनी सामग्री तयार पारेका थिए । त्यो सामग्रीमा घोत्लीएका बिकले विद्यार्थीको सीप मात्रै हेरेनन् त्यसको बर्णन गर्न लगाएर र अपुग कुरमा सुझाव समेत दिए । शैक्षिक प्रदर्शनीमा शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाले रुची पूर्वक अबलोकन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता सहायक प्रधानाध्यापक प्रेम बहादुर थापाको स्वागत र शिक्षक नगेन्द्र हमालको सञ्चालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->