बागलुङ, ५ फागुन– नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले बुधवार बानपा १३ पैयुँपाटामा भेला सम्पन्न गरेको छ ।
भेलामा जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबाुले जिल्लाका ८५ वटा वडामा संगठन बिस्तार गर्ने योजना सुनाए । असंगठित रुपमा रहेका कार्यकर्तालाई संगठित बनाउन लागेको उनले बताए ।
उनले भ्रष्टाचार अनियमितता र हिंसा बिरुद्ध तरुण अभियान चलाउने बताए । कांग्रेसलार्य बलियो शत्तिको रुपमा स्थापित गर्नकालागि तरुणदलको संगठन बलियो बनाउने र समाजमा निरन्तर खवरदारी गर्ने योजना पनि उनले सुनाए । उनले सरकारका पछिल्ला अराजक गतिविधिको विरुद्ध तरुणदल अब चुपलागेर नबस्ने समेत चेतावनी दिए ।
मंगलबार बैतडीमा काँग्रेस नेता एनपि साउद, डिला संगौला र अन्य नेतामाथी भएको घटनाको बिरोध समेत गरे । कार्यक्रममा नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं. १ का (ख) का सभापति नारायण शर्मा पौडेल, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, जिल्ला अध्यक्ष इश्वरठाकुर पौडेल, नेपाल तरुणदलका जिल्ला सदस्य ओमकार पौडेल, नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, अमलाचौरका सभापति कोपिलामणी शर्मा, नारायणस्थानका कार्यबहाक सभापति हरिकृष्ण श्रेष्ठ, नेपाल तरुणदलका पुर्व जिल्ला उपाध्यक्ष सहदेव पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाल तरुणदल पैयुँपाटाका अध्यक्ष ओमकार कुँवरको अध्यक्षता काँग्रेसका क्षेत्रीय प्रतिनिधि विजेन्द्र कुँवरको स्वागत र धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो । भेलाले नबिन बोहोराको अध्यक्षतमा तरुणदल पैयुँपाटा वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण कुँवर र सुनिल केसी रहेका छन । त्यसैगरी समितिको सचिवमा दिलिप रिजाल, सहसचिवमा नारायण शर्मा र कोषाध्यक्षमा भेषबहादुर परियार विनोद रहेका छन ।
समितिको सदस्यहरुमा गणेश कुँवर, विनोद रखाल, शिव रेग्मी, शेरबहादुर केसी, कृष्ण रिजाल, अनिल खत्री, मिलन रोका, प्रकाश क्षत्री, र मनोज गिरी रहेका छन । भेलाले मनोज रखाल, सरोज पाठक, कृष्ण क्षेत्री, दिपक शर्मा, धिरन कुँवर, विनोद पौडेल, रामकृण खत्री, लेखनाथ पौडेल, हरिप्रसाद पौडेल र भुवन परियार परियारलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।





