बागलुङ, ८ फागुन– ढोरपाटन दैनिकका सहसम्पादक तथा राष्टिय समाचार समिति (रासस) बलेवा, बागलुङ समाचारदाता तारानाथ आचार्य सम्मानित भएका छन् । कोरोना महामारीको प्रतिकुल समयमा अग्रपंत्तीमा रहेर काम गरेको भन्दै आचार्यलाई राष्टिय समाचार समितिले नगदसहित सम्मानीत गरेको हो ।
राससको हिरक बर्ष प्रबेशको अवसरमा आचार्य शुक्रबार सम्मानित भएका हुन् । आचार्यसहित कोभिड–१९ संमणको प्रतिकूल समयमा सक्रिय भई निरन्तर खटिने देशभरका अन्य दुई समाचारदातालाई समेत वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । चन्द्रकला भण्डारी र हरिकुमार राई सम्मानित भएका हुन् ।
त्यस्तै फोटो पत्रकार रोशन सापकोटा र चन्द्रकला क्षत्री (काठमाडौँ) तथा राधिका कँडेल (पोखरा) सम्मानीत भएका छन् । वर्षभरी समाचार लेखनतर्फ गण्डकी प्रदेशमा उत्कृष्ट भएका पत्रकार सुवास गौतम र कृष्ण दवाडी पुरस्कृत भएका छन् । उनीहरुलाई राससले शुक्रबार पुरस्कृत गरेको हो । गौतम (गलकोट) बागलुङ र दवाडीले (कास्की) पोखराबाट राससमा समाचारदात हुन् ।





