बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘ढोरवाराही मन्दिरको आम्दानी यहीँ लगानी हुनुपर्छ’

‘ढोरवाराही मन्दिरको आम्दानी यहीँ लगानी हुनुपर्छ’


  • ढोरपाटन संबाददाता
  • फाल्गुन ८ २०७७, शनिबार

तनहुँ, ८ फागुन– रहस्यमयी लहरीका कारण प्रसिद्ध छ शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलको ढोरवाराही मन्दिर । मनोकांक्षा पुरा हुने जनविश्वासका साथ बार्षिक लाखौ भक्तजन दर्शनका लागी आउने गर्दछन् । मन्दिरको आम्दानी पनि बार्षिक लाखौँ रुपैयाँ हुने गर्दछ । नगरपालिका मातहात रहेको मन्दिरको आम्दानी ढोरवाराही क्षेत्रको बिकासको लागी खर्च नभएको स्थानियको गुनासो छ । मन्दिरको आम्दानीलाई सदुपयोग गर्न सके बिकासले गति लिने उनीहरु बताउँछन् ।
शुक्लागण्डकी नागरिक समाजले सरोकारवालासंग गरेको अन्तरक्रिया कार्यक्रममा बाजस्थल टोल सुधार समितिका अध्यक्ष बिष्णु लम्सालले मन्दिरको आम्दानी अनुसार बिकास नभएको बताए । मन्दिरमा राजनिती भएको उनको भनाई छ । उनले भने, ‘हामीलाई पार्टी होईन्, बिकास चाहिएको छ ।’ टोलसंग मन्दिर व्यवस्थापन समितिको सहकार्य नभएको उनले जानकारी दिए ।
ढोरवाराही मन्दिर पुजा व्यवस्थापन समितिकी अध्यक्ष मनरुपा बरालले पनि आम्दानी अनुसारको काम नभएको स्विकार गरिन् । उनले सडक र विजुली बत्तीको समस्या रहेको सुनाईन् ।
शुक्लागण्डकी–९ का अध्यक्ष एवम मन्दिर पुजा व्यवस्थापन समितिको अध्यक्ष लोकनारायण श्रेष्ठले मन्दिरको बिकासले बिस्तारै गति लिन थालेको दाबी गरे । उक्त क्षेत्रको बिकासका लागी स्थानियको चासो हुनुपर्ने उनको भनाई छ ।
शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल पनि आम्दानी अनुसार बिकास नभएकोमा सहत छन् । उनले ठोकुजा गर्दै भने, ‘मन्दिरको आयस्रोतको आधारमा बिकास भएकै छैन भन्दा पनि हुन्छ ।’ चुनावको बेला जनप्रतिनिधीले प्रतिबद्धता जनाएका अनुसार केही काम नभएको उनको आरोप छ । मन्दिर व्यवस्थापन समिति, स्थानियबासी र सरोकारवालाले प्रचारप्रसार गरेमा अत्याधिक धार्मिक पर्यटक ढोरवाराही ल्याउन सकिनेमा उनको जोड थियो ।
ढोरबारही मन्दिरलाई भगवान् बिष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको भेटिएको छ । यसैको आधरमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको पाइन्छ । सो घण्टा अहिले पनि सुरक्षित रहेको छ । स्कन्दपुराणको हिमवतखण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएको छ ।
मन्दिरमा नयाँबर्षको दिन, बैशाख महिनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमि र हिउदयाम विशेष पुजाअर्चनाका लागी दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइदैन् । यो समयमा भने मन्दिरमा विभिन्न प्रकारका पुजापाठ गर्ने गरिन्छ । मन्दिरमा बोका, राँगाको वली दिइन्छ भने परेवा उडाउने प्रचलन छ ।
आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासकासाथ ढोरबाराही मन्दिरको दर्शनका लागी भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाइ अझ बढाएको छ । पोखरीको मुलबाट पानीको ठूलो भल आउछ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हुदाँ लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।
पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरि लहरी छुट्ने बेला पोखरीमा निस्कने गर्दछ । लहरी छुट्ने बेलामा मात्र रजबामको दर्शन पाइने हुदाँ यसलाई सौभाग्यका रुपमा लिइन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->