मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राजमोमा मतभेद राख्दा कारवाही भोगें : पुन

राजमोमा मतभेद राख्दा कारवाही भोगें : पुन


  • ढोरपाटन संबाददाता
  • फाल्गुन ९ २०७७, आइतबार

बागलुङ, ८ फागुन– ढोरपाटन नगरपालिका वडा नं. ४ का अध्यक्ष तिलक पुनले आफ्नै पार्टीको नेतृत्वको कारण आँफूमाथी आक्रमण हुनेदेखि जेल पठाउने समेतका काम भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकर्ता रहेका पुनले पार्टीमा मतभेद राखेका कारण आक्रमण र मुद्दा मार्फत सिध्याउने खेल भएको टिप्पणी गरे । २०७६ कात्तिकमा पार्टीले खटाएका व्यक्तिबाट आँफू योजनाबद्ध आक्रमणमा परेको उनले बताए । राजमोले भने पुनलाई ज्यानमार्ने उद्योग गरेको भन्दै अदालतमा मुद्दा समेत दिएको थियो । मुद्दाको क्रममा २१ दिन सम्म न्यायिक हिरासतमा समेत बसेका थिए ।
पार्टीकै छानविन आयोगले समेत दोषी देखाउन नसकेपछि पनि आँपूmलाई सिध्याउने खेलमा लाग्दा पछिल्लो घटनाक्रम समेत बिकास भएको उनको टिप्पणी छ । शनिवार उनले पत्रकार सम्मेलन गरेर निर्वाचित पद हटाउन पार्टीकै जिम्मेवार नेताले निर्लज्ज भूमिका खेलेको समेत उनले बताए ।
पार्टीका नेताले पुनलाई गत निर्वाचनमा कांग्रेसमा प्रवेश गरेको तथा कांग्रेसका उमेदवार जिताउन भूमिका खेलेको पनि आरोप लगाएर दिएको मुद्दा समेत झुटो साबित भैसकेकोले आफ्नो वडा अध्यक्षको जिम्मेवारीमा बसेर निरन्तर काम गर्ने उनले बताए ।
राजमोले भने पुनलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाएको छ । तरपनि उनले राजमो नछाड्ने बताए । ‘म राजमोको कार्यकर्ताको लिस्टमा नदेखिएपनि राजमोकै सुतेच्छुक बनेर बस्न त पाएँनी’ उनले भने, ‘निर्वाचन आयोगमा पुगेको उजुरी समेत रद्द भैसकेपछि म पार्टीको पुरानै पदमा छु ।’ कामको हिसाबले वडा अध्यक्षको भूमिका भने कसैले हटाउन नसक्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->