बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

इमान्दार ट्याक्सी चालकले फिर्ता गरे यात्रुको पैसा

इमान्दार ट्याक्सी चालकले फिर्ता गरे यात्रुको पैसा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

बेनी, १४ फागुन– म्याग्दीका एक ट्याक्सी चालकले भेट्टाएको नगद सम्बन्धित व्यक्तिलाई नै फिर्ता दिएर इमान्दारिताको नमुना प्रस्तुत गरेका छन् । काठमाण्डौबाट फर्किने क्रममा बेनपा–२ बगरफाँटका दुर्गाबहादुर थापाको घ १ ज २ ७३६ नम्बरको ट्याक्सीमा छुटेको ७० हजार नगद सहितको कागजात बेनपा–४ सिंगा घरभई हाल कालिपुल बसपार्क बस्ने चालक महेन्द्र किसानले घरमै पुगेर बुझाएका छन् । बेनीस्थित कालिपुलबाट ट्याक्सीमा चढेका थापाको पैसा ट्याक्सीमा खसेपनि चालकले यात्रुलाई छोडेर कालिपुलमा आएपछि मात्रै देखेपछि तुरुन्तै घरमै लगेर दिएको चालक किसानको भनाई छ ।

‘उहाँको फोन नम्बर थिएन्, ‘मैले कालिपुलबाट घरमा पु¥याएकाले सिधै गएर दिए’ चालक किसानले भने । ‘यात्रुको पैसाले मेरो मन पगाल्न सकेन, ‘हराउने मान्छेको खोजीमा लागे, केही बेरमै हस्तान्तरण गरे’ चालक किसानले भने । यसअगाडी पनि यात्रुको ट्याक्सीमै खसेको सामानहरु आफ्नै खर्चमा घरमै पुर्याइदिएको समेत चालक किसानको भनाई छ । चालकले खसेको पैसा घरमै ल्याइदिएपछि यात्रु थापाले धन्यवाद दिए । ‘चालकको नम्बर पनि थाहा थिएन्, पैसा नभेटिन पनि सक्यो, इमान्दार चालक भएकाले घरमै ल्याइदिनुभयो’ थापाले भने । फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक फिर्ता दिने चालकलाई सधै सम्मान गर्ने समेत थापाको भनाई छ । पछिल्लो समय इमान्दारिताका खडेरी लागेको बेलामा चालक किसानको कामले समाजलाई बलियो सन्देश दिएको छ । चालक बेनी यातायात ब्यवसायी समितिको हाँडेभीरका क्यू संयोजक समेत हुन् । म्याग्दीमा यसअगाडी सुर्यकिरण न्यौपानेले बाटोमा बैंकका कर्मचारीले खसालेको १० लाख नगद समेत फिर्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->