मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता भएको छैन : झाँक्री

प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता भएको छैन : झाँक्री


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

कुश्मीशेरा ( बागलुङ), १४ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहकी केन्द्रिय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीले संसद पुनस्थापनापछि नेताहरुले गरिरहेको भेटघाट राजनीतिक रुपमा स्वभाविक रहेको बताएकी छन् ।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै नयाँ प्रधानमन्त्री बनाउन नेताहरुले गरिरहेको प्रयासको बचाउ गर्दै उनले नेताहरुले कोही कसैलाई प्रधानमन्त्री बनाउन कपाली सम्झौता नगरेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलले कसैले भनेको नसुन्ने र सल्लाह नगरेकै कारण यसअघिको परिस्थिती सिर्जना भएको आरोप लगाउँदै उनले छलफलबाटै हरेक राजनीतिक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइन् ।
नेकपा केन्द्रिय सदस्य हिमाल शर्माले देश समृद्धिको बाटोमा ढार्याउनुपर्ने बेला प्रधानमन्त्रीले पार्टीभित्र बिखण्डन ल्याउने कदम चालेको बताइन् । सर्बोच्चले प्रधामन्त्रीको कदम सच्चाएकाले अब नैतिकबान भएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सहानुभुती र प्रपोकाण्डले देश नचल्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->