बागलुङ, १४ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले काम गर्न नदिएको भनेर भ्रमको खेती गरिरहेको बताएका छन् ।
देशमा भएका कयौं घोटाका घटनाहरु बाहिर आउँदासमेत राजनीतिक रुपमा सच्चिन आग्रह गरेर पार्टीले कयौं ठाउँमा सहयोग गरेको भन्दै उनले आफ्ना कमीकमजोरी लुकाउनका लागि प्रधानमन्त्री र उहाँको समुहले झुटको खेती गरेको बताए ।
नेकपा बागलुङ कुश्मीशेरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले विघठित प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै पौडेलले अब सबै दलसँग वार्ता र संवादको माध्यामबाट नयाँ कदम चाल्नुपर्ने बताए ।





